२०८० चैत्र १६ , शुक्रवार

ईलाका प्रहरी कार्यालय दोभानको नव-निर्मीत भवनको समुद्घाटन

सुनाखरी न्युज/ ताप्लेजुङ । ईलाका प्रहरी कार्यालय दोभान ताप्लेजुङको नव-निर्मीत कार्यालय भवनको १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीबाट समुद्घाटन भएको छ । कार्यालयको हाता भित्र आज भएको एक बिशेष कार्यक्रमका बिच गिरीले बिधिवत रुपमा समुद्घाटन गर्नु भएको हो ।

 

भवन उद्घाटनको क्रममा कार्यक्रमलाई सम्वोधन गर्नु हुदै १ नम्बर प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक गिरीले २४ सै घण्टा ड्युटीमा रहनु पर्ने प्रहरी कर्मेचारीहरुलाई भौतिक सुविधा सम्पन्न भवनले थप मनोबल बढ्ने र कार्यक्षेत्रमा समेत हौसलाका साथ प्रहरी चुस्त र दुरुस्त भई नागरिकको सुरक्षामा खटिन कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनु भएको थियो । साथै वहाले भवन निर्माण कार्यमा सहयोग पुर्याउनु हुने ब्यक्तित्वहरुलाई कदर पत्रले सम्मान गर्नु भएको थियो ।

 

१ नम्बर प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट बिनियोजित रकम २ करोड ५७ लाख ५६ हजार ३ सय ४७ रुपैँया लागतमा भवन निर्माण सम्पन्न भएको हो । उक्त कार्यक्रममा स्थानीय जन प्रतिनिधीहरु, नागरिक समाजका प्रमुख तथा प्रतिनिधीहरु, संचारकर्मी लगायत स्थानीयवासीहरु उपस्थिति रहेको थियो ।