२०८० चैत्र १६ , शुक्रवार

प्रतिबन्धित लागु औषध सहित २ जना पक्राउ

सुनाखरी न्युज/ बिराटनगर । उदयपुर र ईलामाको छुट्टा छुट्टै दुई स्थानबाट प्रतिबन्धित लागु औषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो अपरान्ह ४ बजे जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका-३ शान्तीधाम स्थितमा चेकजाँच गर्ने क्रममा नाईट्राभेट -१३ एम्पुल, डाइजेपाम-८ एम्पुल, फेनारागन-८ एम्पुल र ब्रुप्रिर्नोफीन-७ एम्पुल फेला पारी १८ बर्षीय पप्पु मल्लिकलाई पक्राउ गरेको हो ।

यसै गरी ईलामको ईलाम नगरपालिका-१२ साङरुम्बा स्थित ईलाका प्रहरी कार्यालय मंगलबारेबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा बा ३८ प ४४९० नम्बरको मोटरसाईकल चालक ३१ बर्षीय सोम राईले बोकेको लेदरको ब्याक भित्राबाट प्लाष्टिकले बेरेर राखेको अवस्थामा ७ पोका(५४५ मिलि ग्राम) ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेको दुबै जनाको सम्बन्धित कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।