२०८१ बैशाख १४ , शुक्रवार

कांग्रेस बागमती संसदीय दलको नेतामा बहादुरसिंह लामा विजयी

सुनाखरी न्युज/काठमाडौं । नेपाली कांग्रेस बागमती संसदीय दलको नेतामा बहादुरसिंह लामा विजयी भएका छन्। उनी प्रतिष्पर्धी ईन्द्रबहादुर बानियाँलाई ५ मतले पराजित गर्दै दलको नेतामा विजयी भएका हुन्।

प्रदेशसभा सदस्य कुन्दनराज काफ्लेका अनुसार लामाले २१ र बानियाँले १६ मत ल्याएका छन्। संसदीय दलको नेतामा सहमति नजुटेपछि कांग्रेस केन्द्रीय सदस्य लामा तथा बागमती प्रदेश सभापति बानियाँ चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए। बानियाँको प्रस्तावकमा सांसद प्रभात तामाङ तथा समर्थकमा छिरिङ दोर्जे लामा रहेका थिए भने लामाका प्रस्तावक कुन्दनराज काफ्ले र समर्थक उर्मिला नेपाल, तिर्थ बहादुर लामा, रमेश कुमार महत र रामकृष्ण चित्रकार रहेका थिए।

संसदीय दलको नेताको निर्वाचनका लागि कांग्रेस बागमती प्रदेश उपसभापति चन्द्र महर्जनको संयोजकत्वमा निर्वाचन समिति गठन गरि चुनावी कार्यक्रम सञ्चालन गरेको थियो।  बागमती प्रदेश सभामा कांग्रेसले ३७ सिट जितेको छ।