२०८१ बैशाख ६ , बिहिवार

टाटाको नक्कली पार्टपुर्जा बेच्ने एक जनालाई पक्राउ

सुनाखरी न्युज/काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको ढुङ्गेअड्डाबाट टाटाको नक्कली पार्टपुर्जा बेच्ने एक जनालाई पक्राउ गरेको छ । न्यू प्रकाश अटो ट्रेडर्समा छापा मार्दै प्रहरीले सो पसलका सञ्चालक शिव रौनियारलाई नियन्त्रणमा लिएको हो ।

 

उनले लामो समयदेखि भारतबाट अवैध रुपमा नक्कली पार्टस्हरु ल्याएर बेच्ने गरेको पाइएको छ । अनुसन्धानको क्रममा उनले टाटाका नक्कली पार्टस् बिक्री वितरण गरेको पाइएको र आगामी दिनमा त्यस्ता कार्य नगर्ने गरी सहमति पत्रमा हस्ताक्षर गरी एक पटकलाई सचेत गराई छाडिएको प्रहरीले जनाएको छ ।

 

प्रहरीले अन्य शंकास्पद स्थानहरुमा पनि खोजी तथा अनुसन्धान जारी राख्ने जनाएको छ ।