२०८१ बैशाख १५ , शनिवार

पार्टीभित्रको सानो गिरोहको सत्तालिप्साले सबै गुमेको कोइराला समूहको निष्कर्ष

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली कांग्रेसका शेखर कोइराला (गगन थापा समूहले सभापति शेरबहादुर देउवासहितको) सानो गिरोहुको सत्ता लिप्साले सबै गुमेको निष्कर्ष निकालेको छ । बुधबार बिहान राजधानीमा भएको सो समूहको  भेलाले यस्तो निष्कर्ष निकालेको हो ।

 

‘सत्तालिप्सा, स्वार्थ केन्द्रित सानो गिरोहको धारणाले यो परिस्थिति आइपुग्यो,’ कांग्रेस नेता अर्जुननरसिंह केसीले भने, ‘संस्थागत निर्णय नहुँदा यस्तो अवस्थामा आयो भन्ने हाम्रो निष्कर्ष छ ।’

 

कोइराला र महामन्त्री गगन थापासहितका नेताहरू बुधबारको भेलामा सहभागी रहेका थिए । भेलामा अर्का महामन्त्री विश्वप्रकाश शर्मा र सांसद प्रदीप पौडेल भने अनुपस्थित थिए ।