२०८१ बैशाख २० , बिहिवार

सूर्यज्योति अब अझबृहत, अझ सबल र अझबिशाल

सुनाखरी न्युज/काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले नयाँ बानेस्वर स्थित होटल एभरेष्टमा विशेष समारोहका साथ पहिलो सफल मर्जरको भव्य समुद्घाटन गरेको छ । सूर्र्या लाइफइन्स्योरेन्स र ज्योतिलाइफइन्स्योरेन्स मर्ज भई बनेको सूर्यज्योतिले पुस ७गतेदेखि एकीकृत कारोबार शुरु गरेको थियो ।

 

असार १२ ,२०७९ माप्रारम्भिक सम्झौता गरेको कम्पनीले निकै चुनौतिकाबावजुदपनि छोटो समयमै मर्जरको काम सम्पन्न गरी एकीकृत कारोबार गर्न सफलभएको हो । मर्जर पश्चात बनेको कम्पनीको चुक्तापूँजीरु४.५४अर्ब पुगेको छ । यससँगै कम्पनीचुक्तापुँजीमा तेश्रो ठूलो बीमाकम्पनीबन्न सफलभएको छ । एकीकृत कारोबार पश्चात सूर्यज्योतिको जीवनबीमाकोष रु२२ अर्ब,लगानीरु २८अर्बरकुलशाखा संख्या१८१पुगेको छ भने कुलकर्मचारीको संख्या ६७५ पुगेको छ ।

 

एक उज्जवल सुरुवातभन्ने नाराका साथ नेपालको लाइफइन्स्योरेन्स क्षेत्रमाअझ बृहत,अझ सवल र अझविशालउपस्तिथी सूर्यज्योतिको हुनेछ । सूर्य र ज्योतिमा सात रंग भएझैं सूर्यज्योतिपनि शुरुवात, न्यायोपन, प्रष्ट, उज्जवल, प्रतिवद्ध, समय र उर्जाका साथएकभई अगाडि बढ्ने कम्पनीको अठोट रहेको छ । उद्घाटन समारोहलाई संबोधनगर्दै नेपालबीमाप्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाललले तोकिएकै समयमा सफलतापुर्वक मर्जर सम्पन्न गरेको भन्दै धन्यवादव्यक्त गरेका थिए । उनले कम्पनीको यस उपलब्धीलाई स्वर्ण अक्षरमा लेखिने प्रतिकृया दिएकाथिए । जीवनबीमाक्षेत्रमा सूर्यज्योतिले ट्रेण्ड सेट गरेको भन्दै उनले यस उपलब्धीले अन्य कम्पनीहरु लाई पनि मर्जरको लागिप्रोत्साहन गर्ने बताए । साथै अध्यक्षसिलवालले जीवनबीमा क्षेत्रमै ठूलो सफलताभएको र कम्पनीले नयाँइतिहास रचेकोको बताएका छन् ।

 

कम्पनीकाअध्यक्षकेशव प्रसाद भट्टाइले मर्जरका लागिजति जटिल हुन्छ भनेर सोचिएको थियो सोचे अनुसार जटिल नभएको बताए । मर्जरककाक्रममादुबै पक्षले निष्पक्ष रुपमाकाम गरेको हुँदा समस्यानपरेको समेत उनले प्रष्ट पारे । अधक्ष्य भट्टराईले यो मर्जर सफलबनाउनअहमभूमिका खेल्नुहुने सम्पूर्ण सरोकारवालाहरु ,कर्मचारी साथीहरु ,मार्ग निर्देश गर्नुहुने बिमाप्राधिकरण तथा शेयरधनीमहानुभावहरुलाई हृदय देखि धन्यवादव्यक्त गर्नुभयो।

मर्जरका क्रममाविश्वमाचलेका राम्राअभ्यासलाई पछ्याउदा धेरै सहजताका साथ मर्जर गर्न सफलभएको कम्पनीकाप्रमुखकार्यकारी अधिकृत प्रकाशविक्रमखत्रीले बताए । दुबै कम्पनीको एक्चुरीयल मूल्याङ्कन, लेखापरीक्षण प्रतिवेदनलाई पियर रिभ्यु गरेर काम गरिएको उनले प्रष्ट पारे । सूर्या लाइफ जस्तो १५ वर्षको परिपक्वकम्पनी र ५ बर्षको छोटो समयमै आफूलाई अव्वल साबित गरेको ज्योतिलाइफकम्पनिबीचभएको संयोजनले राम्रो प्रतिफलदिने खत्रीको विश्वास छ । मर्जपछि कम्पनीले टेक्नोलोजीमालगानी गर्नुपर्ने र बजारमा आफ्नो प्रडक्ट मोडिफाई गर्नमा ध्यानदिनुपर्ने र कम्पनीले आउने दिनमाव्यवसाय बढाउने र सूर्यज्योतिलाई बीमा क्षेत्रकै बेञ्चमार्क बनाउने कम्पनीको प्रण रहेको सीईओ खत्रीले बताए ।

सिटिजन लाइफइन्स्योरेन्सका सीईओ समेत रहेका जीवनबीमक संघका अध्यक्षपोषकराजपौडेल, सगरमाथाइन्स्योरेन्सका सीईओ समेत रहेका बीमक संघका अध्यक्षचंकी क्षेत्रीले,कम्पनीको प्रगतितथा सफलताको कामनादिनुका साथै आआफ्नातर्फ बाट शुभकामनाव्यक्त गरे। साथै कम्पनीका ब्राण्ड एम्बेस्डर राजेश हमालले नामजस्तै काम गरेर बीमा क्षेत्रमाप्रकाश छर्दै अघि बढ्न शुभकामनादिएका छन । कम्पनीले एकिकृत कारोबार सुभारम्भ भएको दुई दिनमै एक हजार भन्दा धेरै पोलिसी जारी गरेको छ ।