शिशिर पौडेल/ पोखरा । पोखरा महानगरपालिका वडा नं १९ निवासी जेष्ठ नागरिक वलुदेवी ढुङ्गाना सम्मानित हुनुभएको छ।जेष्ठ नागरिक दिवसको अवसरमा वडा कार्यालय पोखरा १९ ले एक कार्यक्रमको आयोजना गरी पोखरा महानगरकै जेष्ठ नागरिक १०५ वर्षिया ढुङ्गानालाई सम्मान गरेको हो।
उहाँलाई वडाध्यक्ष पुष्पेन्द् पाण्डे, सदस्य विकास आचार्य, कल्पना सुनार, वडा सचिव श्रीराम पौडेलले बुके, पुष्प गुच्छा र दोशल्ला ओढाएर सम्मान गरेका थिए। कार्यक्रममा बोल्दै वडाध्यक्ष पाण्डेले जेष्ठ नागरिक समाजको दर्पण भएको बताउँदै उनीहरुको सम्मानले समाज नै सम्मानित हुने बताउनुभयो। वडा सचिव श्रीराम पौडेलले जेष्ठ नागरिकको अनुभव र अनुभूतिलाई शिक्षाका रूपमा लिई अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो।
विसं १९७४ सालमा जन्मिनु भएकी ढुङ्गानालाई सहभागीहरुले समेत पुष्पगुच्छा दिएर सम्मान गरेका थिए।