२०८२ फाल्गुन २९ , शुक्रवार

गृहमन्त्री रवि लामिछानेको पहिलो निर्णय : निर्मला पन्त प्रकरणको अनुसन्धान

सुनाखरी न्युज/ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृहमन्त्रीको पदभार ग्रहण गरेका छन्। शीतल निवासमा सपथ ग्रहण लगत्तै गृह मन्त्रालय पुगेर पदभार ग्रहण गरेका उनले निर्मला पन्ताको घटनाको अनुसन्धान गर्नेमा जोड दिने बताएका छन्।

 

उनले मन्त्रीका रुपमा पहिलो निर्णय गर्दै निर्मला पन्तको हत्याबारे अनुसन्धान अगाडी बढाउन निर्देशन दिएका छन्। लामिछानेले केही समय अगाडी मात्र राष्ट्रपति निवास शितल निवास पुगेर सपथ खाएका थिए। आफ्नो कार्यकालमा आम नागरिकले महसुस गर्ने गरि शान्ति सुरक्षाको व्यवस्था मिलाउने उनले पदग्राहणपछि अभिव्यक्ति दिएका छन्।

 

त्यस्तै आफ्नो नागरिकता विवादमा स्वतन्त्ररुपमा अनुसन्धान गर्न सहयोग गर्ने दाबी गरेका छन् उनले। धेरै काम गर्ने ठाउँ गृहमन्त्रालय भएकाले जिम्मेवारी रोजेको मन्त्री लामिछानेले प्रतिकृया दिएका छन्।

 

शीतल निवासबाट उनी सोझै सिंहदरबारस्थित गृहमन्त्रालय पुगेका हुन्। लामिछानेको पार्टीबाट २० जना सांसदले माओवादी केन्द्रका अध्यक्ष पुष्षकमल दाहाललाई प्रधानमन्त्रीमा समर्थन गरेका थिए।