२०८२ फाल्गुन २९ , शुक्रवार

मन्त्री जाममा फसेपछि शपथ छुट्यो

सुनाखरी न्युज/ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बनेकी ज्वालाकुमारी साह ढिला गरी शपथमा पुगेकी छन् ।

 

बिना विभागीय मन्त्री बनेकी उनी राजधानीको ट्राफिक जाममा परेका कारण ढिलागरी शपथमा पुगेकी हुन् । प्रधानमन्त्री प्रचण्डसहित ७ मन्त्रीले शपथ लिएपछि मात्रै उनी शीतल निवास पुगेकी थिइन् ।

 

ढिलागरी पुगेकी उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अन्य मन्त्रीहरूले शपथ लिएपछि एक्लै शपथ गराएकी थिइन् । शीतल निवास स्रोतका अनुसार चर्को जामका कारण उनी निर्धारित समयमा शीतल निवास पुग्न नसकेकी हुन् ।