२०८१ बैशाख २० , बिहिवार

नेशनललाईफ इन्स्योरेन्सको तीनदिने चेयरपर्सन कार्यक्रम सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं । नेशनललाईफ इन्स्योरेन्स कम्पनीलि. ले आफ्ना अभिकर्ताहरुका लागि ३ दिने (२०७९ पौष ५ गते देखी७गते सम्म)“चेयरपर्सन क्लव, तालिम  तथा सम्मान कार्यक्रम काठमाण्डौ स्थित होटल सोल्टीमा सम्पन्न गरेको छ ।

आ.व. २०७८÷२०७९ मातोकिएको लक्ष्य पुरा गर्न सफल ६०० जना भन्दा बढि अभिकर्ताहरु लाई कम्पनीका चेयरपर्सन श्रीमती प्रेमा राज्यलक्ष्मी सिंहज्यको समुपस्थितीमा चेयरपर्सन क्लबको सदस्यतावितरणतथा सम्मानप्रदानगर्ने एवं प्रशिक्षण प्रदान गर्ने उदेश्य ले कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा उपस्थित अभिकर्ताहरु लाई जीवनबीमा व्यवसायमा थप हौसला प्रदान गर्दै अभिकर्ताहरुको व्यवसायिक दक्षता अभिवृद्धि गर्ने उदेश्यले भारतका चर्चित मोटिभेटर प्रशिक्षक सइद अफ्जलअहमदबाटउत्त प्रेरणा तथा जीवन बीमा बिक्रयकला सम्वन्धि तालिम प्रशिक्षण प्रदान गरिएकोे थियो साथै नयाँबीमा ऐन २०७९ ले अभिकर्ताहरुबारे गरेको व्यवस्था सम्वन्धमाविस्तृत जानकारी गराईएको थियो ।

कम्पनीकाअध्यक्षश्रीमती प्रेमा राज्यलक्ष्मी सिंहज्यूको सभापतित्वमा सम्पन्नभएको उक्तकार्यक्रममा चेयरपर्सन क्लबमाछनौट हुनु भएको सबै अभिकर्ताहरुलाई सदस्यतावितरण र विभिन्नविधामा सवोत्कृष्ठघाषितहुनु भएकाअभिकर्ताहरुलाई सम्मानप्रदानगर्नु भएको थियो । समारोहमाअध्यक्ष सिंहले उच्च नैतिकव्यवसायिक नेतृत्वको आधारमाकम्पनीले आगामीलक्ष्य तय गर्ने बताउनु हुँदै कम्पनीलाई अग्रस्थानमा पु¥याउनमहत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहको वृत्तिविकासलाई कम्पनीले सँधै प्राथमिकतामा राख्ने प्रतिवद्धत्ताप्रकटगर्नु भयो ।कार्यक्रममाप्रमुखकार्यकारी अधिकृत सुरेश प्रसादखत्रीज्यूले स्वागत भाषण काक्रममा कम्पनीका सबै संरचनाहरु उत्कृष्ट रहेको, कम्पनीको बोनस दर आकर्षक रहेको जानकारी गराउनु हुँदै अभिकर्ता सञ्जाललाई अझ व्यवसायिक बनाउन यथाशक्य थप लगानी गर्ने प्रतिवद्धत्ता जनाउनु भयो ।

सो समारोहमा सातवटै प्रदेश बाट आफ्नो कोडको व्यवसाय र संजालको व्यवसाय बाट अलग अलग प्रथम, द्धित्तिय, तृत्तियहुने लिडर अभिकर्ताहरु र नेपालभर बाट आफ्नो कोडको व्यवसाय र संजालको व्यवसाय बाट अलग अलग उत्कृष्ट ७ जना अभिकर्ताहरु लाई सम्मानित गरिएको थियो भने नेपालभर बाट आफ्नो कोड र संजालमा सर्वोत्कृष्ट व्यवसाय गरी प्रथम, द्धित्तिय र तृत्तियहुने अभिकर्ताहरु र समूहगत व्यवसाय बाट प्रथम हुने १ जना गरी ७जनालाई विशेष सम्मानको आयोजना गरी सम्मान पत्र लगाएत नगद पुरस्कार बाट सम्मानित गरिएको थियो । सम्मानित बिजनेश लिडरहरुले कम्पनीका अध्यक्ष बाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताउनु भएको थियो ।