शिशिर पाैडेल / पोखरा। पाेखरा १९ घार्मीमा रहेकाे भूमेश्वर अाधारभूत विध्यालय अक्षयकाेष समूहकाे दाेस्राे अधिवेशन सम्पन्न भएकाे छ। शनिवार विहान विध्यालय प्राङ्गणमा अक्षयकाे समितिका संयाेजक माेहन प्रसाद पाैडेलकाे अध्यक्षतामा भएकाे साे अधिवेशनमा विध्यालय व्यवस्थापन समितिका अध्यक्ष संजय पाैडेल प्रमुख अतिथि रहनु भएकाे थियाे।
कार्यक्रममा अक्षयकाेष समितिका सह सचिव रामचन्द्र पाैडेलले स्वागत मन्तब्य राख्नुभएकाे थियाे भने , विध्यालयका प्रधानाध्यापक दुर्गा पाैडेलले विध्यालयकाे गतिविधि र विभिन्न अावश्यकताहरु माथि प्रकास पार्नु भयाे । अक्षयकाेष समितिकाे प्रगति तथा अार्थिक प्रतिवेदन पेश गर्दै अध्यक्ष माेहन पाैडेलले, अक्षयकाेषले गरिब जेहन्दार विध्यार्थीहरुलाई छात्रवृति मार्फत ठुलाे राहत दिएकाे बताउनु भयाे ।साथै उहाँले अक्षयकाे अभिवृद्धिमा सबैकाे चासाे बढनु पर्ने कुरामा पनि जाेड दिनुभयाे ।
अधिवेशनमा बिध्यालयका पूर्व प्रधानाध्यापक एवं महेन्द्र मा वि व्यवस्थापन समितिका अध्यक्ष बैकुण्ठ पाैडेलकाे सहजिकरणमा पुन: माेहन पाैडेलकै अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेकाे छ । सचिवमा रामचन्द्र पौडेल, सहसचिवमा राम प्रसाद पौडेल, कोषाध्यक्षमा दुर्गा देवी पौडेल र सदस्यमा साविित्रा पौडेल, भेषराज पौडेल, राजकुमार , पुर्ण भद्र आचार्य चयन भएका छन्। ०६३सालमा स्थापित भएकाे अक्षयकाेषमा हाल सम्म ७४ जना दाताहरुकाे सहयाेगले दस लाख भन्दा बढी रकम जम्मा भईसकेकाे छ भने अाजकाे कार्यक्रमा पनि विभिन्न दाताहरुबाट २३ हजार भन्दा बढी थप रकम प्राप्त भएकाे छ।