२०८१ बैशाख २० , बिहिवार

सूर्यज्योति लाइफको कम्पनी सचिवमा भरत के.सी. नियुक्त

सुनाखरी न्युज/ काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले कम्पनी सचिवमा भरत के.सी.लाई नियुक्त गरेको छ ।

 

कम्पनीको हिजो बिहीबार अपरान्ह साढे १२ बजे बसेको सञ्चालक समितिको बैठकले साविक सूर्या लाइफकै कम्पनी सचिव के.सी.लाई मर्जर पछि बनेको सूर्यज्योतिको कम्पनी सचिवको जिम्मेवारी दिएको हो ।

 

सूर्या लाइफ र ज्योति लाइफले मर्जर पश्चात हिजो बिहीबारदेखि एकिकृत कारोबार शुभारम्भ गरेका छन् । यि दुई कम्पनीले नेपालको जीवन बीमाको इतिहासमा सफल मर्जरको पहिलो इतिहास बनाउन सफल भएका छन् ।