२०८२ चैत्र ६ , शुक्रवार

पुष्पलाल मध्यपहाडी लोकमार्गका पिडित आन्दोलित

शिशिर पौडेल / पोखरा । पुष्पलाल मध्यपहाडी लोकमार्गका पिडितले स्थानीयबासी र पर्यटकीय क्षेत्रको उठिवास लगाउने भन्दै आन्दोलनको घोषणा गरेका छन्।

 

पुष्पलाल मध्यपहाडि राजमार्ग आयाेजना पाेखरा १६ र १९ वडा खण्डका जनतालाई थाहा नै नदिई भित्रभित्र चलखेल गरि यस भेगका घर तथा जग्गाधनिलाई सुकुमबासि बनाउने, यस खण्डमा रहेका पर्यटकिय क्षेत्र महेन्द्रगुफा र चमेरिगुफाकाे अस्थित्व जाेखिममा पार्ने, देशमा नै उत्कृष्ठ बिध्यालयमा पर्ने बिन्ध्यबासिनि माबि, गण्डकी बाेडिङ स्कुल, ईन्द्रराज्य लक्ष्मी माबि जस्ता बिध्यालय क्षेत्रकाे पठनपाठनलाई प्रभाव पार्ने, धार्मिक क्षेत्रकाे रुपमा परिचित सुरथेश्वर महादेब मन्दिर स्थल र जलेश्वर महादेव मन्दिर स्थल लाई जाेखिममा पार्ने र समग्रमा शान्त बाताबरणमा रहेकाे महानगरपालीकाकाे बाक्लाे शहरी बस्ति रहेकाे पाेखरा १६ र १९ खण्डलाई बिकाशकाे नाममा राजमार्ग हाली अशान्ती मच्चाउन खाेज्ने कामकाे बिराेध स्वरुप यस पाेखरा १६ र १९ खण्डका बिभिन्न संघसंस्था, पर्यटन ब्यवसायि, शैक्षीक क्षेत्रका चिन्तित बिज्ञ, धार्मिक क्षेत्रमा आस्था राख्ने महानुभावहरु एवं यस खण्डमा पर्ने घर तथा जग्गा धनिहरु संयुक्त रुपमा सहभागि भई यस पाेखरा १६ र १९ वडा खण्डमा बिना सुचना, बिना जानकारि, बातावरणिय प्रभाव मुल्याङकनकाे प्रकृया पुरा नगरि, स्थान पहिचान सहित रेखाङकन गरि बल्ल सार्वजनिक सुनुवाई गर्न खाेजेकाे र अहिले ठेक्का प्रकृयाकाे अन्तीम सम्झाैता चरणमा रहेकाे कुरा आयकाेले यस पाेखरा १६ र १९ वडा खण्डमा ल्याईन लागेकाे राजमार्गकाे बिराेधमा आन्दाेलनकाे शुरुवात गरियकाे जानकारि गराउदछाै ।

 

( तत्कालीन २८ नं गा बि स ) अर्मला भेगका ६१ जना मानिसहरु सहभागि भई हाल पाेखरा १६ काे भाग र १९ नं वडाकाे केहि भाग समेटि पुष्पलाल मध्यपहाडी राजमार्ग ल्याउन गरियकाे निर्णयलाई समग्र पाेखरा १६ र १९ वडा खण्डकाे निर्णय मानि तत्कालीन जनप्रतिनिधि जिवन प्रशाद आचार्यले यस भेगकाे पर्यटकिय क्षेत्र, शैक्षीक क्षेत्र, धार्मिक क्षेत्र, ब्यक्तिका ब्यक्तिगत सम्पतिकाे माैलीक हककाे हनन हुने गरि सम्बन्धित सराेकारवालालाई बेवास्थाका साथ थाहै नदिई सिफारिस गरेका र त्यसैलाई आधार मानि पुष्पलाल मध्यपहाडि राजमार्ग अायाेजनाले गरेकाे DPR सहितकाे रेखाङ्कन साबिकका पाेखरा १६ र १९ वडा बासिलाई कदापि मान्य हुने छैन, यसलाई समयमा सच्चाउन सम्बन्धित ब्यक्ति, सम्बन्धित कार्यालय र सम्बन्धित पुष्पलाल मध्यपहाडि राजमार्ग आयाेजनाले पहल गरेन भने यसकाे परिणाम गम्भिर हुने चेतावनि दिन चाहन्छाै सर्घष समितिका सचिव सन्दिप थापाले बताउनुभयो। सर्घषको पहिलो कार्यक्रम अन्तर्गत बुधबार महेन्द्र गुफाबाट शुरु भएको दवाब जुलुस वडा कार्यालयमा आएर सम्पन्न भएको थियो।