२०८२ फाल्गुन २९ , शुक्रवार

राष्ट्रिय पोशाकमा शपथ लिन आफ्ना सांसदलाई ओलीको निर्देशन

सुनाखरी न्युज/ काठमाडौं ।  केपी शर्मा ओलीले आफ्ना पार्टीका सांसदलाई अनिवार्य रूपमा राष्ट्रिय पोशाकमा शपथ लिन निर्देशन दिएका छन्।

 

मंगलबार संसदीय दलको नेता सर्वसम्मत चयन भएपछि ओलीले यस्तो निर्देशन दिएको सांसद टोपबहादुर रायमाझीले जानकारी दिए ।अध्यक्षज्यूले राष्ट्रिय पोशाकमा शपथ लिनका निम्ति निर्देशन दिनुभएको छ । शपथको भाषा भने मातृभाषा वा नेपाली भाषा भन्ने छु रायमाझीले भने ।

 

संसद सचिवालयले सांसदहरूको शपथ बिहीबार गराउँदैछ । ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट बुधबार दिउँसो चार बजे शपथ लिँदैछन्।