सुनाखरी न्युज/ काठमाडौं । सलाम एयर लाईन्सले नेपालस्थित आफ्ना टिकट बिक्री गर्ने ट्राभल्स एजेन्सीहरु लाई सम्मान गरेको छ । सन २०२२ भित्र टिकट बिक्री गर्ने उत्कृष्ट १० ट्राभल्स एजेन्टहरु लाई सम्मान गरेको हो ।
सन् २०१८ देखिनियमित उडान गरिरहेको सलामले हाल विभिन्न ३५ वटा गन्तब्यमा नियमित तथा केही अन्य गन्तब्यहरुमा सिजनल सेवा पु¥याउँदै आएको छ । नेपालमा छिट्टै दैनिक उडान भर्ने जनाएको छ । हालै काठमाडौंस्थित एलफ्ट होटलमा आयोजित एक विशेष कार्यक्रमका वीच सलाम एयरलाइन्सले नेपालमा क्रियाशिल ट्राभल्स एजेन्सीहरु लाई विभिन्न विद्यामा सम्मानित ग¥यो। विभिन्न विद्या अन्तर्गत टप रेभिन्यु पर्फर्मेन्स अवार्डबाट बेस्ट वे ट्राभल्स एन्ड टुर्स प्रालि,एक्सल ट्राभल्स एन्ड टुर्स प्रालि,हार्वेस्ट मून ट्राभल्स एन्ड टुर्स प्रालि,वोपन अवे ट्राभल्स एन्ड टुर्स प्रालि,प्रयास ट्राभल्स एन्ड टुर्स प्रालि,रस्बिता ट्राभल्स एन्ड टुर्स प्रालि रसी लिन्क ट्राभल्स एन्ड टुर्स प्रालि सम्मानित हुनु भएको छ ।
त्यस्तै मस्ट इम्प्रुभ्डरेभिन्यु कन्ट्रीब्यूटर अवार्डबाट मस्र्याङ्दी ट्राभल्स एन्ड टुर्स प्रालि सम्मानितहुनु भएको छ । त्यस्तै हाइऐस्टएन्सिलरीरेभिन्यु कन्ट्रीब्यूटर अवार्ड जिओलोजी ट्राभल्स एन्ड टुर्स प्रालि सम्मानितहुनु भएको छ ।त्यसैगरी राइजिङ्गस्टार अन्तर्गत मार्वलस ट्राभल्स एन्ड टुर्स प्रालिलाई सम्मान गरेको छ । सोही अवसरमा सलाम एयर लाईन्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंमा सन्चालित मानसिक सन्तुलन गुमाएका सडक बालबालिका तथा नागरिकहरुको लागि काम गरिरहेको संस्था नेपाल स्नेही काख नेपाललाई खाध्य सामाग्री तथा लत्ता कपडा बितरण पनि गरिएको थियो ।
सलाम एयर लाईन्सको नेपाल स्थित जीएसए आइएमई इन्टरनेशनल ट्राभल्स प्रालिले आयोजना गरेको उक्तकार्यक्रमआइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा सलाम एयरका प्रतिनिधिहरुले बिजेता ट्राभल्सहरु लाई बधाई दिँदै आगामीदिनमाथप सहयोगको अपेक्षारहेको बताउनु भयो। आइएमई इन्टरनेशनल ट्राभल्स आइएमई गु्रपद्वारा संचालित गु्रपको एक भगिनी संस्थाहो ।