२०८१ बैशाख २० , बिहिवार

सूर्या र ज्योति लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार पुस ७ गतेदेखि

सुनाखरी न्युज/ काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सले पुस ७ गतेदेखि एकीकृत कारोबार सुरू गर्ने भएका छन्।

 

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरू हुने भएको हो। दुवै कम्पनीको गत कात्तिक २८ गते बसेको साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेको थियो। त्यस्तै, नेपाल बीमा प्राधिकरणले गत मंसिर २ गते र नेपाल धितोपत्र बोर्डले मंसिर २५ गते मर्जर सम्बन्धी अन्तिम स्वीकृति दिएका थिए।

यी दुई कम्पनी १:०.८२ कित्ता सेयर आदनप्रदान रेसियोमा मर्जरमा गएका हुन्। तसर्थ, सूर्या लाइफ इन्स्योरेन्सको १ कित्ता सेयर बराबर ज्योति लाइफको ०.८२ कित्ता सेयर कायम हुनेछ। डाटा माइग्रेसन तथा सिस्टम इन्ट्रिग्रेसन प्रक्रियाका लागि पुस ६ गते दुवै कम्पनीको बिहान ८ गतेदेखि सम्पूर्ण सेवा समेत अवरुद्ध हुने बताइएको छ।