किरण गिरी ।
नेपाली कांग्रेसको बैठक र निर्णयहरु :-
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सभापति श्री शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, ललितपुरमा आज बस्यो । महामन्त्री श्री विश्वप्रकाश शर्माले बैठकमा प्रस्तावहरु प्रस्तुत गर्नु भएको थियो । बैठकले देहाय बमोजिमको निर्णय गरेको छ ।
निर्णयहरु :
१. संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भई लागू भएपश्चात मुलुकमा दोस्रो पटक नेपाली कांग्रेसको नेतृत्वको सरकारबाट प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ । स्थानीय तहको निर्वाचनमा ठूलो दलको रुपमा स्थापित भइसकेको नेपाली कांग्रेस हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा समेत मुलुकको सबैभन्दा ठूलो दलको रुपमा स्थापित भई प्रतिनिधि सभामा आफ्नो उपस्थिति जनाउँदैछ । प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुमध्ये प्रतिनिधि सभा सदस्य पदमा सर्वाधिक सीट हासिल गरेको दलका हैषियतले नेपाली कांग्रेस पार्टीले नेपालको संविधानको व्यवस्था बमोजिम सरकारको नेतृत्वको दावी गर्नु स्वभाविक हुन्छ । यसर्थ, नेपाली कांग्रेस पार्टीको नेतृत्वमा आगामी सरकारको गठन गर्नका लागि गठवन्धनमा रहेका दलहरु लगायतसँग आवश्यक संवाद, वार्ता र छलफल प्रक्रिया प्रारम्भ गर्ने यो बैठक निर्णय गर्दछ ।
२. नेपाली कांग्रेस संसदीय दलको नेता एवं संसदीय दल कार्यसमितिको निर्वाचन सम्पन्न गर्नका लागि देहाय बमोजिमका तीन सदस्यीय निर्वाचन समिति गठन गर्ने ः–
संयोजक – सहमहामन्त्री श्री भीष्मराज आङ्दम्बे
सदस्य – केन्द्रीय सदस्य श्री पुष्पा भुसाल
सदस्य – केन्द्रीय सदस्य श्री प्रकाश रसाईली स्नेही
३. नेपाली कांग्रेसको विधान, नियमावली तथा नेपाली कांग्रेस प्रदेश संसदीय दलको विधानको व्यवस्था बमोजिम प्रदेश संसदीय दलको नेता एवं प्रदेश संसदीय दल कार्यसमितिको निर्वाचन सम्बन्धी प्रक्रिया प्रारम्भ गर्न सातवटै प्रदेश कार्यसमितिलाई निर्देश गर्ने ।
४. प्रदेशमा पार्टीले सरकारको नेतृत्व गर्ने वा सरकारमा सहभागी हुने वा अन्य दललाई समर्थन गर्ने वा नगर्ने लगायतका विषयमा नेपाली कांग्रेसको विधानको धारा १३ (७) (ठ) बमोजिम केन्द्रसंग समन्वय गरी आवश्यक प्रक्रिया प्रारम्भ गर्न प्रदेश कार्यसमितिलाई निर्देश गर्ने निर्णय गरेको जानकारी नेपाली कांग्रेसका मुख्य सचिब माननीय कृष्णप्रसाद पौडेलले दिनुभएको छ ।
निर्वाचनको जनादेश :-
नेपाली कांग्रेसका सभापति एबं प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वले तिनैतहको निर्वाचन सम्पन्न गरेको जिम्मेवारी र जनादेश अनुसार पनि नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धन को संयुक्त सरकार निर्माण हुनु आजको आबश्यकता हो ।
नेतृत्वमा कांग्रेस , समृद्ध देश ।
समुन्नत नेपाल र सम्मानित नेपाली को लागी
नेपाली कांग्रेसको नेतृत्वमा सरकार । जय नेपाल ।
आम निर्वाचनको संदेश ,संबिधान अनि गणतन्त्र थप संस्थागत र सुदृढ भएको छ ।
आम निर्वाचनको जनादेश केलाउदा ९४.५३ % नेपाली जनता ले नेपालको संबिधान र संघीय लोकतान्त्रिक गणतन्त्र को पक्षमा मतदान गरेका छन । संबिधान र गणतन्त्र थप सुदृढ र सबल भएको तथ्य जनादेश ले पुनः प्रमाणित गरेको छ ।समानुपातिकको अन्तिम मत गणना अनुसार रास्ट्रीय मान्यता प्राप्त दलहरुले पाएको गरेको मत :-
१. नेकपा एमाले: २८,४५,६४१(२६.९४%)
२.नेपाली कांग्रेस: २७,१५,२२५(२५.७१%)
३.एमाओवादी:- ११,७५,६८४(११.१%)
४.रास्वपा:११,३०,३४४(१०.७%)
५.राप्रपा: ५,८८,८४९(५.५७%)
६.जसपा:४,२१,३१३(३.९८%)
७.जनमत: ३,९४,६५५(३.७३%)
२०७४ सालको निर्वाचनमा काङ्रेस भन्दा
एमालेको मत ४५,१०५ वढी रहेकोमा
२०७९ मा १,३०,४१६
मात्रै १८४११ मतकाे कमिले नेकपा एस राष्ट्रिय पार्टी बन्न सकेन
किरण गिरी ,
संयोजक – अनलाइन मिडिया प्रचार प्रसार उपसमिति नेपाली कांग्रेस ।
सह संयोजक – निर्वाचन आयोग समन्वय उपसमिति नेपाली कांग्रेस ।
निबर्तमान केन्द्रीय सदस्य एबं महासमिति सदस्य नेपाली कांग्रेस
समानुपातिक उम्मेदवार – संघीय संसद प्रतिनिधि सभा -२०७९
नेपाली कांग्रेस ।
संसदको बनोट :-
प्रतिनिधिसभामा दलीय प्रतिनिधित्व (प्रत्यक्ष र समानुपातिक सिटसहित) :-
नेपाली कांग्रेस–५७+३२=८९
नेकपा एमाले–४४+३४=७८
नेकपा माओवादी केन्द्र–१८+१४=३२
राष्ट्रिय स्वतन्त्र पार्टी–७+१३=२०
राष्ट्रिय प्रजातन्त्र पार्टी–७+७=१४
जनता समाजवादी पार्टी, नेपाल–७+५=१२
जनमत पार्टी–१+५=६
राष्ट्रिय पार्टी हुन नसकेकाहरु
नेकपा एकीकृत समाजवादी =१०
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल =४
नागरिक उन्मुक्ति पार्टी= ३
राष्ट्रिय जनमोर्चा=१
नेपाल मजदुर किसान पार्टी =१
स्वतन्त्र=५
जम्मा–२७५
नेपाली कांग्रेस :-
नेपाली जनताको अनुमोदन प्राप्त बिश्वास र भरोसा योग्य पार्टी नेपाली कांग्रेस संसदको सबभन्दा ठुलो दल बनेकोमा पार्टी नेतृत्व , नेतृत्व तह , नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समिति र आम मतदाता लाई हार्दिक बधाई । जय नेपाल ।
नेतृत्वमा कांग्रेस , समृद्ध बन्छ देश ।
कांग्रेस कै नेतृत्वमा आन्दोलन ।
कांग्रेस कै नेतृत्वमा परिबर्तन ।
कांग्रेस कै नेतृत्वमा शान्ति अनि संबिधान ।
कांग्रेस कै नेतृत्वमा तिनै तहको निर्वाचन ।
त्यसैले अब ,
युवा पुस्तामा कांग्रेस , नयाँ पुस्तामा कांग्रेस ।
मुलुकको समुन्नतिमा कांग्रेस ।
बिकास अनि समृद्धिमा कांग्रेस ।
अब हरेक तह र तप्कामा ” देखिने कांग्रेस , सुनिने कांग्रेस ” । सम्पन्न आम निर्वाचनले नेपालको संबिधान र राजनीतिक प्रणाली ” संघीय लोकतान्त्रिक गणतन्त्र ” संस्थागत बिकास एबं थप सुदृढ भएको छ । नेपाली कांग्रेस लाई यही संदेश दिएको छ
मतदाताले ब्यबस्थामा होइन , अबस्थामा परिबर्तन खोजेका छन । राजनीतिक दलहरूमा र कार्यशैलीमा व्यापक सुधार तथा परिवर्तनको आबश्यकता देखिएको छ ।
दलहरूमा नयाँ र युबा पुस्ताको भुमिका र भबिस्य सुनिश्चित हुनुपर्ने अबस्था जरुरी देखिन्छ ।
चुनावी प्रतिस्पर्धा सकियो , अब मुलुक बिकास र समुन्नति को लागी दलहरू बीच संबाद , सहमति र सहकार्य अत्यावश्यक ।
गरिबी को न्युनिकरण र रोजगारीका अबसर सृजनाको लागी सार्थक र इमान्दार प्रयासको थालनी मा अब ढिलो नगरौं । “समुन्नत नेपाल र सम्मानित नेपाली ” अभियानमा सिंगो मुलुक लाई एक ढिक्का बनाऔं ।
किरण गिरी , काठमाडौं नेपाल ।
रेडियो नेपाल कार्यक्रम ” घटना र बिचार ” सञ्चालक ,
प्रधानमन्त्रीको प्रेस सल्लाहकार , पार्टीको केन्द्रीय प्रबक्ता हुदै नेपाली कांग्रेस को विभिन्न केन्द्रीय भुमिका र जिम्मेवारीमा निरन्तर राजनीतिमा सक्रिय एउटा ब्याक्तित्व :-
१. संयोजक – अनलाइन मिडिया समन्वय तथा प्रचार प्रसार उपसमिति नेपाली कांग्रेस ।
२. केन्द्रीय सदस्य – प्रतिनिधि सभा र प्रदेश सभा निर्बाचन – २०७९ , केन्द्रीय प्रचारप्रसार समिति नेपाली कांग्रेस ।
३. सदस्य – प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्बाचन – २०७९ घोषणा – पत्र तयारी समिति ,नेपाली कांग्रेस
४. समानुपातिक उम्मेदवार – संघीय संसद प्रतिनिधि सभा – २०७९ ।
५. महासमिति सदस्य एबं निबर्तमा केन्द्रीय सदस्य नेपाली कांग्रेस ।
६ . सदस्य – सचिब – नेपाली कांग्रेस बाढी पहिरो बिपद ब्यबस्थापन केन्द्रीय समन्वय समिति नेपाली कांग्रेस ।
७. केन्द्रीय प्रतिनिधि – ” घर घर जाऔं , कांग्रेस जिताऔं ” अभियान नेपाली कांग्रेस ।
८ . सदस्य – केन्द्रीय निर्बाचन परिचालन आचारसंहिता अनुगमन तथा निर्बाचन आयोग समन्वय उप समिति ।
९ . सदस्य – स्थानीय तह निर्बाचन -२०७९ , घोषणा पत्र तयारी समिति नेपाली कांग्रेस ।
१०. सदस्य सचिब – आचारसंहिता अनुगमन तथा निर्बाचन आयोग समन्वय उपसमिति नेपाली कांग्रेस ।
११. सह संयोजक – निर्बाचन आयोग समन्वय उपसमिति ,
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्बाचन -२०७९ केन्द्रीय निर्बाचन परिचालन समिति नेपाली कांग्रेस ।
केन्द्रीय नेता एबं प्रखर बक्ता – नेपाली कांग्रेस काठमाडौं नेपाल।
पत्रकार -समसामयिक राजनीति र संसदीय राजनीतिका सबालमा लेखन र अबधारणा सम्प्रेषण गर्दै बिगत तीन दशक देखी पत्रकारीतामा आज सम्म निरन्तर सक्रिय ।
email – freelancerkiran@gmail.com
mobile – 9851060555 wath App र viber समेत ।
सामाजिक सञ्जाल – फेसबुक , फेसबुक पेज , टुइटर लगायत क्षेत्रमा नेपाली कांग्रेस पार्टी गतिविधि र समसामयिक बिषय मा व्यापक प्रसार प्रचार मा अहोरात्र सक्रिय ।
परमात्माको अनुकम्पा , समय र भाग्यले साथ दिए अबको १५ बर्ष नेपाली कांग्रेसको पार्टी संगठनमा सशक्त र प्रभावकारी ढंगले ” देखिने कांग्रेस र सुनिने कांग्रेस ” को अभियन्ताका रूपमा अबिरल रुपमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दछु ।
– किरण गिरी , नेपाली कांग्रेसका निबर्तमान केन्द्रीय सदस्य एबं महासमिति सदस्य । काठमाडौं नेपाल ।