२०८२ चैत्र ६ , शुक्रवार

पाँचौ राष्ट्रिय झण्डा दिवस दिवस मनाइँदै

सुनाखरी न्युज/ काठमाडौं । हरेक वर्षजस्तै आज पुस १ गते विभिन्न कार्यक्रम गरी राष्ट्रिय झन्डा दिवस मनाइएको छ ।

 

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल र श्रद्धावन नेपालको आयोजनामा पाँचौ राष्ट्रिय झण्डा दिवस दिवस मनाइएको हो । ०७५ पुस १ गतेदेखि यो दिवस मनाइँदै आइएको छ ।नेपाली झण्डाले अन्तर्राष्ट्रिय मान्यता पाएको दिनको सम्झानामा आज माइतीघर मण्डलादेखि वसन्तपुरसम्म सद्भाव र्‍याली निकालिएको छ ।

झन्डा दिवससँगै राष्ट्रिय पोसाक दिवस र राष्ट्रिय टोपी दिवससमेत मनाइँदै आएको छ ।