२०८२ चैत्र ६ , शुक्रवार

पोखरामा पुस १२ गते मानवताका लागि सङ्गीत यात्रा ‘नेपथ्य लाइभ कन्सर्ट’ आयोजना हुँदै

सुनाखरी न्युज/ काठमाडौं । मानवता प्रवर्द्धनका साथै मानवसेवा आश्रमको भवननिर्माण तथा अक्षयकोष स्थापनार्थ चर्चित साङ्गीतिक समूह नेपथ्य व्याण्डसँगको सहकार्यमा मानवसेवा आश्रमले नेपालका प्रमुख १० शहरहरुमा ‘नेपथ्य लाइभ कन्सर्ट’ आयोजना गरेको छ ।

 

उक्त कन्सर्ट मंसिर १६ गते विराटनगबाट शुरु भई १९ गते वीरगञ्ज, २२ गते हेटौँडा, २५ गते चितवनमा सम्पन्न भएको र २९ गते नेपालगञ्जको रङ्गशाला, पौष ३ गते धनगढी रङ्गशाला, ६ गते सुर्खेतको खुल्लामञ्च, ९ गते बुटवलको कालिका मानवज्ञान मावि सेक्टर २ (रामनगर) मैदान, र अंग्रेजी नयाँ वर्षको अघिल्लो रात १६ गते काठमाडौँको भृकुटीमण्डपमा कन्सर्ट हुनेछ । सोही क्रममा आउँदो पुस १२ गते नेपालकैे पर्यटकीय नगरी पोखरामा पनि उक्त कन्सर्ट आयोजना गर्न लागिएको जानकारी गराउन पाउँदा हामी अत्यन्त हर्षित भएका छौँ ।‘मानवताका लागि सङ्गीत’ भन्ने नाराका साथ अन्तर्राष्ट्रियस्तरको उक्त लाइभ कन्सर्ट महिनाव्यापी मानवीय अभियान भएको कुरा यहाँहरुमाझ जानकारी गराउन चाहन्छौँ । विराटनगरामा पाँच हजार जना , विरगंजमा पाँच हजार जना, हेटौडाको भुटनदेवी मा. विको प्राङगणमा पाँच हजार पाँच सय जना र चितवनको क्यापाचैरमा छ हजार जनाको सहभाहिता रहेको थियो । यसरी नेपथ्य व्याण्डको आफ्नै होम ग्राउण्डमा पनी मानवताको लागी संगित यात्रा नछुट्नु पोखराबासीका लागि पनि गौरवको कुरा हो ।

 

यहाँहरुलाई जानकारी नै छ की मानवसेवा आश्रम सहयोगापेक्षी (बेसहारा, असक्त, असहाय, अनाथ, अभिभावकविहिन, मानसिक तथा शारीरिकरुपमा कमजोर) सडकआश्रित मानवहरुको मानवोचित व्यवस्थापन, औषधोपचार, पालनपोषण र जीवन रक्षा गर्दै परिवार खोजेर पुनःमिलनसमेत गराउने अभियानमा एक दशकदेखि सक्रिय रहेको संस्था हो । त्यही कामको मुल्यांकन गर्दै नेपाल सरकारले शनिबार मात्रै मानवअधिकार दिवसको सन्दर्भमा आश्रमलाई मानवअधिकार पुरस्कारबाट सम्मान गर्ने निर्णय गरेको कुरा यहाँहरुलाई जानकारी गराउन पाउँदा हामी अत्यत्न हर्षित भएका छौँ । हेटौँडामा मुख्य कार्यालय रहेको मानवसेवा आश्रमले १९ जिल्लाका २३ सेवा केन्द्रबाट सेवा दिइरहेको छ । हाल देशैभर गरेर झण्डै एक हजार ६०० सडक आश्रित मानवहरुले सेवा पाइरहेका छन् । आश्रम विसं २०८२ सालसम्ममा नेपालका सडकपेटीलाई सडकआश्रित मानवरहित बनाउने योजनाका साथ अघि बढेको छ । पोखरामा खुलेको यो शाखा मानवसेवा आश्रमको नवौँ शाखा हो । विसं २०७४ साल चैत १७ मा पोखरा महानगरपालिका १७ छोरेपाटनमा आश्रमले शाखा विस्तार गरेको थियो । पोखरा महानगरपालिकालाई केन्द्रविन्दु बनाई गण्डकी प्रदेशभरी रहेको सडक मानवहरुको नियमित उद्दार तथा व्यवस्थापन हुँदै आएको छ । लक्ष्मी (आमा) र नारायण (बुबा)हरुको छुट्टाछुट्टै सेवा केन्द्रबाट सेवा प्रदान भइरहेको छ ।

 

हाल आश्रममा १०२ जना पुरुष र ६३ जना महिला गरी १६५ जनाले सेवा प्राप्त गरिरहेका छन्। गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका र गण्डकी प्रदेशमा रहेका केही स्थानीय तहहरुको पनि साथ र सहयोग प्राप्त भए पनि त्यो पर्याप्त छैन । मुख्यतया पोखराका नगरवासी, रोटरी, जेसीज, सहकारी संस्था, युवा क्लब, आमा समुहहरु र देश–विदेशमा रहेका परोपकारी मनहरुको योगदान रहँदै आएको छ भने लायन्स क्लव ३२५ वि २ नेपाल बाट १ तल्लाको निर्माणको लागी योगदान प्राप्त भएर निर्माण कार्य तिब्रताको साथ भैरहेको छ । भाडाको घरमा सुरुवात भएको सेवालाई प्रभावकारी तथा दिगो बनाउन पोखरा महानगरपालिका वडा नं २५ हेम्जा बाबियतरामा लक्ष्मीनारायण सनातन संस्कार प्रतिष्ठनको ६३ रोपनी जग्गा भोगाधिकार प्राप्त भएपछि आफ्नै भवन निर्माण कार्य शुरु गरिएको हो । सो क्षेत्रमा गुरुयोजना तयार गरी मानवसेवा आश्रम, मानवता अध्ययन केन्द्र, लक्ष्मीनारायण मन्दिर, मुक्तिनाथ तिर्थयात्रीहरुका लागि धर्मशाला, शाश्वतग्रामलगायतका बृहत र मानवीय संवेदनालाई जोड दिने भौतिक संरचना निर्माण हुँदैछ ।

 

हालसम्म मानवसेवा आश्रम भवनको ४० प्रतिशत र लक्ष्मीनारायण मन्दिरको १० प्रतिशत निर्माणको काम सम्पन्न भएको छ । आश्रमको निर्माणपछि यहाँ २५० जना सहयोगापेक्षी सडक आश्रित मानव राख्न सकिनेछ । हालसम्म गण्डकी प्रदेश सरकारको दुई करोड, पोखरा महानगरपालिकाको रु ५० लाख, स्थानीय परोपकारी व्यक्तिहरुको एक करोड, अन्य स्थानीय पालिकाहरुको १५ लाख सहयोग प्राप्त भइ भवन निर्माण जारी छ । तर अझै पनि भवन निर्माण सम्पन्न गर्न ठुलो धनराशी आवश्यक भएकाले परोपकारी मनहरुको सहयोगको खाँचो छ । यसपटकको कन्सर्ट मानवता प्रवद्र्धन र उत्तः भवन सम्पन्न गर्नका लागि आवश्यक धनराशी व्यवस्थापन गर्नु रहेको छ । सडक तथा प्रतिक्षालयहरुमा भेटिएका मानवहरुलाई देश÷विदेशमा रहनुभएका परोपकारी उदारमना व्यक्तिहरुको मुठ्ठिदानको सहयोगमा आश्रमले संरक्षण गर्दै आइरहेको छ । तर कतिपय अबस्थामा व्यक्तिहरुबाट प्राप्त आर्थिक तथा जिन्सी सामाग्रीले मानवसेवा आश्रममा आश्रित मानवहरुको खाना र नानाको व्यवस्थापनमा समेत कठिन अबस्था झेल्नुपरिरहेको छ ।

 

अझ भाडामा रहेको आश्रमका सेवा केन्द्रहरुले दाताको सहयोगमा मात्रै भाडा तिर्नसक्ने अबस्था नरहेकाले अहिले आफ्नै भवन निर्माण अभियान जारी छ । यसका अलावा सयौँको संख्यामा रहेका असहाय असक्त, अभिभावकविहिन, शारीरिक तथा मानसिक रुपमा अति कमजोर मानवहरु आश्रित मानवसेवा आश्रमका लागि कुनै पनि प्रकारका विपत्ति, भवितव्य वा कठिन परिस्थितिमा प्रयोग गर्न मिल्नेगरी कम्तिमा रु २५ करोड बराबरको अक्षयकोष स्थापना गर्नु अति आवश्यक छ । सोही क्रममा मानवसेवा आश्रममा आश्रित मानवहरुको खाना नाना र छानाको व्यवस्थापन, निर्माणाधीन भवन सम्पन्न गर्न तथा अक्षयकोष स्थापनाका लागि सहयोग संकलन गर्ने उद्देश्य बोकेर यसपटक नेपालका प्रमुख १० शहरहरुमा नेपथ्य लाइभ कन्सर्ट आयोजना गर्न लागिएको हो । पोखरामा हुने उक्त कार्यक्रमको टिकट विक्री, प्रायोजन तथा सहप्रायोजनबाट सङ्कलित रकम मानवीय कार्यमा नै खर्च गरिने जानकारी गराउँदछौँ ।