२०८१ बैशाख ११ , मंगलबार

शिक्षा क्षेत्रको रणनीतिक योजनाको मस्यौदा पेश

सुनाखरी न्युज/ पोखरा । शिक्षा नितिलाइ लागु गर्न कार्यनीति र रणनीति निर्माणका लागि गठन गरिएको रणनीतिक योजनाको मस्यौदा सोमबार पेश गरिएको छ ।

 

शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयमा भएको एक कार्यक्रममा मन्त्रालयका मन्त्री मेखलाल श्रेष्ठलाई योजना तयारी कार्यदलका संयोजक तथा पूर्व महानिर्देशक (सह–सचिव) बाबुराम पौडेलले हस्तान्तरण गरेका हुन । उनले कार्यक्रममा बोल्दै संयोजक पौडेलले आफूले महत्वपूर्ण शिक्षा रणनीतिक योजनाको काम गर्न पाउँदा खुसी व्यक्त गरेका थिए । “यो काम असाध्यै ठूलो र महत्वपूर्ण रहेको छ । हामीलाई शाखा महाशाखाबाट प्राप्त भएको सहयोगले असाध्यै सन्तुष्टी मिलेको र काम गर्दै जाँदा मन्त्रालयले उच्च सम्मान गरेको आफूलाई अनुभुति भएको छ ।” उनले भने, रणनीति तयार भएको नीति कार्यदलबाट पास हुने विश्वस्त रहेको र सहयोगी सबैलाई धन्यवाद व्यक्त गरेका थिए।

 

शिक्षा क्षेत्रको रणनीतिक योजनाको मस्यौदा लिँदै मन्त्री मेखलाल श्रेष्ठले अति न्युन स्तरबाट केलाएर रणनीति योजना तयार गरेको हुँदा अबको शिक्षा क्षेत्रले नयाँ फड्को मार्ने विश्वस्त रहेको बताउँदै कार्यदलले जिम्मेवारी पूर्वक काम गरेको र भावी दिनमा पनि निरन्तर लाग्न आग्रह गर्दै योजनाको मस्यौदालाई सम्बन्धित निकायबाट कार्यन्यवयन गराएर छाड्ने प्रतिबद्धता व्यक्त गरेका थिए । मन्त्रालयले ०७८ फाल्गुन १८ गतेको निर्णयअनुसार शिक्षा नीति कार्यन्यवयनका लागि शिक्षा क्षेत्रको रणनीतिक योजना तयारको लागि बाबुराम पौडेलको संयोजकत्वमा ४ सदस्यीय कार्यदल गठन गरेको थियो । उक्त कार्यदलको सदस्यमा प्रा.डा ईन्द्र प्रसाद तिवारी, भिमाद नगरपालिकाका उपसचिव पदमराज आचार्य, पूर्व उपसचिव केशरी रकम न्यौपाने र शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका सदस्य सचिव तोयनाथ लम्साल रहेका थिए ।

 

उक्त प्रतिवेदनको तयारीमा मुख्यमन्त्रीको उपस्थितिमा छलफल भई प्राप्त सुझावहरुलाई समेटी रणनीति तय गरिएको सदस्य सचिव लम्सालले जानकारी गराएका थिए। उनले कार्यक्रममा बोल्दै शिक्षा क्षेत्रलाईको रणनीति तयार गर्नको लागि शिक्षा क्षेत्रमा विशेष योगदान पु¥याएर अवकाश भएका, गण्डकी प्रदेश भित्रका सरोकारवालाहरु, शिक्षा नीतिमा काम गरि अवकास भएका सहसचिव तथा शिक्षा क्षेत्रमा काम गरेका शिक्षकलगायतको बृहत आम भेलाबाट आएका सुझावहरुलाई संकलन गरि मस्यौदा तयार गरेको बताए । सदस्य सचिव लम्सालले उक्त प्रतिवेदनमा दिगो विकास लक्ष्य एवम् राष्ट्रिय शिक्षा नीति–२०७६, चालु शिक्षा योजना सहितका कार्यक्रमहरु समावेश गरि काम गरेको हुँदा यसले भावी दिनमा महत्वपूर्ण प्रभाव पार्ने जानकारी गरएका थिए ।