२०८१ बैशाख ६ , बिहिवार

बिपन्न परिवारका ८० जना बालबालिका हरुलाई न्यानो कपडा तथा शैक्षिक सामाग्री बितरण

सुनाखरी न्युज/ काठमाडौं । २०७९ मंसिर २४ गते शनिबार मधेश प्रदेशको बारा जिल्ला सिम्रौनगढ नगरपालिका वडा नम्बर १ मा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक बिधालयमा अध्यनरत अति बिपन्न परिवारका ८० जना बालबालिका हरुलाई न्यानो कपडा तथा शैक्षिक सामाग्री बितरण गरेको छ । सेवा नै धर्म हो ।

No description available.

कार्यक्रममा बोल्दै विधालयका प्रधान अध्यापक शिवजी मुखियाले गणेशमान कृष्णप्यारी प्रतिष्ठान तथा मिलिजुली परिवारलाई बिशेष धन्यवाद दिदै आभार व्यक्त गर्नुभएको छ। प्राधान अध्यापक मुखियाले शिक्षामा धेरै पिछडिएको त्यस क्षेत्रका अभिभावकहरुले अहिले पनि बालबालिकाहरुलाइ बिधालय पठाउने र पढाउने बाताबरण नभएको भन्दै अभिभावक तथा स्थानीय सरकारप्रती गुनाशो ब्यक्त गरे।

No description available.
सहयोग हस्तान्तरण कार्यको लागि समाजसेबि दिपु उप्रेती , दिपक थापा, रारा सैंजु, भोजराज खड्का, अमृता भट्टराई, रामचन्द्र रिजाल, मान बहादुर थापा, रमेश चन्द्र खनाल, एन्जल भट्ट, ज्ञान बहादुर लामा, बिजय महत्तो, कृष्ण लम्साल, राजन कडेल, भवानी शर्मा, सुमन थापा, इन्दिरा बस्नेत, सृजना खड्का, पुर्णिामा श्रेष्ठ, सम्झना गौतम, माधव शर्मा, चक्रपाणी अर्याल, संगिता खनाल, सीता ढकाल, कमला भट्टराइ, सानू शर्मा, र सन्तोष बगाले आर्थिक सहयोग उपलब्ध गराएका थिए।

No description available.