२०८२ चैत्र ५ , बिहिवार

नेपाली उत्पादन, परिकार तथा पर्यटन प्रवर्द्धनमा गैरआवासीय नेपाली समुदायको अन्तरक्रिया

सुनाखरी न्युज/ काठमाडौं । नेपाली महावाणिज्य दूतावास न्यूयोर्कले गैरआवासीय नेपाली संघ, अमेरिका, न्यूयोर्क च्याप्टर संगको सहकार्य रस्थानीय नेपाली उद्यमी, व्यवसायी तथा संघसंस्था लगायतको सहभागितामा आज न्यूयोर्कमा “नेपाली उत्पादन, मौलिक परिकार तथा पर्यटन प्रवर्द्धनमा गैरआवासीय नेपाली समुदाय/व्यवसायीको भूमिका”विषयक अन्तर्क्रिया आयोजना गर्यो।

 

एन.आर.एन.ए- न्यूयोर्क च्याप्टरका तर्फबाट उपाध्यक्ष श्री शोभाकान्त पाण्डेले अतिथिलाई स्वागत गर्दैमहत्वपूर्ण विषयको कार्यक्रममा नेपाली महावाणिज्य दूतावास संग सहकार्य गर्न पाउँदा खुसी लागेको विचार व्यक्त गर्नुभयो।उहांले गैरआवासीय नेपालीको मातृभूमीसंगनिकट रभावनात्मक सम्बन्ध रहेको रनेपाल सरकारले देशको आर्थिक सम्बृद्धिका लागिएवम् नेपाली बस्तु निर्यात तथा पर्यटन प्रवर्द्धनका लागि चालेका कदममागैरआवासीय नेपाली समुदायको साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो।

 

कार्यवाहक महावाणिज्यदूत बिष्णु गौतमले अतिथिलाई स्वागत गर्दै सहभागिताका लागि धन्यबाद दिनुभयो। नेपाल र अमेरिकाबीच रहेको मैत्रीपूर्ण र सुमधुर कूटनीतिक सम्बन्धलाई अझ प्रगाढ पार्न जनस्तर र व्यवसायस्तरका सम्बन्धको महत्वपूर्ण भूमिका हुने विचार राख्र्नुभयो। दुईदेशबीचको कूटनीतिक सम्बन्धको पचहत्तरौं बार्षिकोत्सबको प्रसंग उठाउँदै उहांले नेपाल र अमेरिकाबीचको व्यापार, पर्यटन, शैक्षिक तथा सांस्कृतिक आदानप्रदान अझ बृद्धिगर्न नेपाली व्यवसायी, शैक्षिक संस्था, नेपालका मित्र अमेरिकी नागरिक, पर्यटक, तथा गैरआवासीय नेपाली समुदायको संजाल निकै प्रभावकारी हुनसक्ने विचार राख्नुभयो। विदेशमा रहेका नेपाली समुदायले हासिल गरेको ज्ञान, शीप पूंजी, एवम् प्रविधिबाट नेपालले अझबढी लाभ लिन सबैको प्रयास आवश्यक हुने उहांले धारणा राख्नुभयो।

 

का.वा. महावाणिज्यदूतले आफ्नो प्रस्तुतीमा नेपाल र अमेरिकाबीचको व्यापारमा दुवै देशलाई लाभ हुनेगरी उच्च बृद्धि संभव रहेको र यसकालागि थप बजारीकरण जरुरी रहेको बताउँदै दुईपक्षीय व्यापारको अवस्था, अमेरिका निर्यात भइरहेका र उच्च संभावना भएका नेपाली बस्तु र ती बस्तुले अमेरिकी बजार प्रवेशमा पाउने सुविधाबारे जानकारी दिनुभयो। अमेरिकामा नेपाली परिकार र पर्यटन प्रवर्द्धनमा संलग्न व्यवसायीले खेलेको भूमिकाको प्रसंसा गर्दै उहांले बढ्दो नेपाली समुदाय र विस्तारित संजालबाट संख्यात्मक र गुणात्मक दुवै रुपमानेपालको प्रवर्द्धनमा अझ बढी योगदानका लागि नेपाली समुदायलाई आग्रह गर्नुभयो।

 

अमेरिकामा विभिन्न नेपाली बस्तुको आयात, बजारीकरण, विक्रिवितरण, तथा पर्यटन र परिकार प्रवर्द्धनमा सक्रियसर्वश्री अनिल रौनियार, लिंकन एभरेष्ट, सुमित अग्रवाल, निश्चल बांस्कोटा, दुर्गेशजंग कार्की, मनीष कर्ण रसाङ्गदोर्जे शेर्पा गरी ७ जना व्यवसायीद्वाराप्रस्तुतीकरणगरिएको थियो। प्रस्तुतीकरणमानेपालको प्रवर्द्धनका लागि आ-आफ्ना तर्फबाट भइरहेका प्रयास,अवशर र चुनौती तथानेपालमा स्थानीय स्तरमा उत्पादित बस्तुदेखी लिएर अन्य बस्तु निर्यातसंजालमा जोड्न, जिएसपी नवीकरण, भंसार सुविधा, बजारीकरण र नेपाली बस्तुको गुणस्तर कायम राख्न नेपाल सरकारको सहयोग आवश्यक रहेको धारणा व्यवसायीले राख्नुभयो। नेपाली संघसंस्था तथा संचार जगतका सहभागीलेविभिन्न सुझावसहित नेपाल सरकारको प्रयासमा आफ्नो सदैव साथ रहने कुरा व्यक्त गर्नुभयो।

 

कार्यक्रमको अन्तमा कार्यवाहक महावाणिज्यदूत र सम्बन्धित व्यवसायीद्वारा उठाइएका जिज्ञासाको जवाफ एवम् जानकारी दिइएको थियो। कार्यक्रमको संचालन र मोडेरेशन वाणिज्यदूत गणेश अधिकारीले गर्नुभएको थियो भने कार्यक्रमको अन्त्यमा आमन्त्रित अतिथिका लागि नेपाली परिकारसहितको दिवाभोजकोव्यवस्था गरिएको थियो।