२०८१ जेठ ४ , शुक्रवार

नाडाको धर्नालाई निकासी पैठारी संघको समर्थन

सुनाखरी न्युज/ काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले मिति २०७९ मंसिर २२ गते बिहीबार माइतीघर मण्डलामा आयोजना गरेको विरोध कार्यक्रममा नेपाल समुद्रपार निकासी पैठारी संघले समेत सक्रिय सहभागिता जनाएर समर्थन गरेको छ ।

 

विरोध कार्यक्रममा संघका अध्यक्ष विनोदकुमार सेठिया, महासचिव अनिलकुमार अग्रवाल, सचिव गौरव शारडा, कोषाध्यक्ष प्रभात कुमार सर्राफ लगायत कार्यसमितिका सदस्यहरु सहभागी हुनु भएको थियो ।

 

नाडामा आबद्ध अटो व्यवसायीले माइतीघर मण्डलामाधर्ना दिएर आयातका लागि प्रतीतपत्र (एलसी) खोल्दा राख्नुपर्ने ५० प्रतिशतदेखि १०० प्रतिशत सम्मको नगद मार्जिन हटाउनुपर्ने र पुरानै मार्जिन प्रतिशतको व्यवस्था यथावत राख्नुपर्ने, बैंक ब्याजदर र अटो कर्जा जोखिमभार घटाउनुपर्ने, कर्जाको पुनर्तालिकीकरण तथा ब्याजदरमा विशेष सहुलियतको व्यवस्था गरिनु पर्ने लगायतका माग राखेकाथिए ।