२०८० चैत्र १६ , शुक्रवार

विश्वविद्यालय शिक्षा औपचारिकतामा सीमित भयो: प्रधानमन्त्री 

सुनाखरी न्युज/ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालय शिक्षा औपचारिक र सैद्धान्तिक मात्र भएको बताएका छन्।

 

त्रिभुवन विश्वविद्यालयको ललितपुरमा आयोजित ४८औं दीक्षान्त समारोहमा बोल्दै देउवाले भने, “विश्वविद्यालय शिक्षा औपचारिक र सैद्धान्तिक मात्र नभएर व्यवहारिक, जीवपयोगी र समाजको विकास र रुपमान्तरणमा सहयोगी हुनुपर्छ।”

 

शिक्षा क्षेत्रमा सरकारले गरेको लगानी अनुसार प्रतिफल आउन नसकेको उनको गुनासो छ। त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका देउवाले भने, “सरकारले शिक्षा क्षेत्रमा गरेको लगानीको तुलनामा अपेक्षा अनुसार प्रतिफल आउन सकेको छैन, यो क्षेत्रको लगानीलाई उपलब्धिमुलक बनाउनु आवश्यक छ।”