सुनाखरी न्युज/ पोखरा । नवनिर्वाचित नेकपा एमालेकी प्रतिनिधिसभा सांसदविद्या भट्टराईले महिला प्रजननसंग जोडिएको महिनावारीको विषयमा समाज लाई सचेत र सकरात्मक बनाउनको लागि शैक्षिक पाठ्यक्रममै समावेश गर्नुपर्ने बताएकी छन् ।
सञ्चारिका समुह नेपाल गण्डकी प्रदेशले आयोजना गरेको लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानअन्तर्गत महिनावारी शिक्षा विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएकी हुन् । महिलाको प्रजनन अंगसंग जोडिएर गरिएका बहसहरु अझै पनि अपहेलित भएका कारण विद्यालयमा शिक्षण सिकाईमै यो विषय समावेश गर्न आवश्यक रहेको बताईन् । उनले बदलिँदो समयमा केहि हदसम्म समाज यस विषयमा सकरात्मक भए पनि पुर्ण रुपमा व्यवहारमा लागु गर्नका लागि राज्यका नीतिनियमहरु बन्नु पर्नेमा उनले जोड दिईन् । कार्यक्रममा ग्लोवल एक्सन नेपालका विके श्रेष्ठले महिलाहरुको शैक्षिकप्रगति, महिलाको स्वास्थ्य प्रजनन प्रति समाजको दृष्टिकोण लाई राज्यले नै अवलम्वन गरिनुका साथै निति नियम माध्यान दिनु आवश्यक रहेको बताए ।
त्यसैगरी, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा डब्ल्यु डब्ल्यु जे गण्डकी अध्यक्ष सरिता तिमिल्सिना पंगेनीले अहिले महिनावारीका समयमा परिवार र समाजले रुढीवादी परम्पराका वाहानामा भएका दुव्र्यव्हार लाई लिएर महिलाले उजुरी दिएमा कानुनी दायरामा ल्याउने निति रहेको जानकारी दिईन् । उनले राज्यबाट यस विषयमा कानुनी निति बनाए पनि महिनावारीका विषयमा परिवारबाट दुव्र्यव्हार भयो भनेर कसैले उजुरी दिएको छ भन्दै प्रश्न गरिन् ।
नेपालपत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले समाजमा रुढीबादी परम्पराको बाहानामा महिलाहरु माथी भएका दुव्यवहारका मुद्धाहरु सञ्चार माध्यमकै कारणले धेरै परिवर्तन भएको बताईन् । उनले सुदुरपश्चिममा हुने छाउपडी प्रथा देखि लिएर अहिले यस विरुद्ध राज्यबाट कानुन निर्माण गर्नुपर्ने आवाज उठ्नुमा सञ्चार माध्यम मार्फत पत्रकारहरुले खेलेको भुमिका महत्वपुर्ण रहेको बताईन । कार्यक्रममा कास्की जिल्ला भित्रका विभिन्न विद्यालयका करिव ५० जनाभन्दा वढी शिक्षक शिक्षिकाहरुको उपस्थिती रहेको थियो ।