२०८१ बैशाख १४ , शुक्रवार

चोलेन्द्रशमशेरको निर्णयबारे उल्टै  सर्वोच्चले सोध्यो संसद सचिवालयलाई प्रश्न

सुनाखरी न्युज/ काठमाडौं । महाअभियोग प्रस्ताव दर्ता भएपछि निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्धको महाअभियोग निष्प्रभावी भएको भन्दै संसद सचिवालयले दिएको पत्र विवादमा परेको छ।

 

सर्वोच्च अदालतले उक्त पत्रबारे संसद सचिवालयलाई विभिन्न प्रश्न सोधेर बुधबार जवाफ मागेको छ। सर्वोच्चका सहरजिष्ट्रार नारायणप्रसाद रेग्मीले संसद सचिवालयले पठाएको पत्रबारे जानकारी माग्दै संसद सचिवालयलाई पत्र पठाएका हुन्।

 

उक्त पत्रमा संसद सचिवालयलाई ६ वटा प्रश्न सोधिएको छ।