२०८१ बैशाख १४ , शुक्रवार

शाहरुख खानका छोरा आर्यन फिल्म निर्देशन गर्दै

सुनाखरी न्युज / बलिउड अभिनेता शाहरुख का छोरा आर्यनले इन्स्टाग्रामार्फत आफू फिल्म क्षेत्रमा आउन लागेको जानकारी दिएका हुन्।उनले फिल्ममा काम गर्ने वा वेब सिरिज बनाउने भन्ने खुलाएका छैनन् ।

 

साथै उनको प्रोजेक्टमा को को कलाकारहरु हुन्छन भन्ने पनि खुलाइएको छैन । आर्यन खान बाहेक शाहरुखकी छोरी सुहाना खान पनि बलिउडमा डेब्यु गर्ने तयारीमा छन्। उनी जोया अख्तरको सिरिज ‘द आर्चिज’ मा देखिनेछिन् ।

यो खबरसँगै आर्यनका फ्यानहरु निकै उत्साहित भएका छन्। आर्यनलाई फ्यान र फिल्मकर्मीहरुले बधाई दिइरहेका छन्। उनका बुवा शाहरुखले पनि समेत बधाई दिएका छन् ।