२०८१ बैशाख १४ , शुक्रवार

तारा एयरको जहाजमा ठोक्कियो चरा

सुनाखरी न्युज/ काठमाडौं । नेपालगन्जबाट हुम्लाका लागि उडेको जहाजमा चरा ठोक्किएको छ ।

 

हुम्लाको अदानचुली गाउँपालिकाको मुने लेकनजिकै कार्गो जहाजमा चिल ठोक्किएको तारा एयरले जनाएको छ । दिउँसो करिब १ बजेतिर जहाजमा चरा ठोक्किँदा जहाजको अगाडिपट्टिको भागमा क्षति भएको छ।

 

यद्यपि, जहाजमा सवारहरू भने सकुशल सिमकोट विमानस्थल अवतरण गरेका बताइएको छ। जहाजमा पाइलट, को-पाइलट र एयरहोस्टेजसहित तीनजना सवार रहेका थिए ।