२०८१ बैशाख १५ , शनिवार

सिद्धार्थ बैंकको गर्‍यो लाभांश घोषणा

सुनाखरी न्युज/ काठमाडौं । सिद्धार्थ बैंकले ०७८/७९ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई १२.५० प्रतिशत बोनस सेयर र ०.६६ प्रतिशत नगद लाभांश गरी १३.१६ प्रतिशतको लाभांश वितरण गर्ने भएको छ ।

 

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी साधारणसभाबाट पारित भएपछि मात्र वितरण गरिने बैंकले जनाएको छ ।

 

सिद्धार्थ बैंकका देशभर १९३ शाखा (४ एक्सटेन्सन काउन्टरसहित), ११८ शाखारहित बैंकिङ, २१५ एटीएम, १७ सयभन्दा बढी पीओएस मेसिन र २० हजारभन्दा बढी क्यूआर मर्चेन्टमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।