२०८२ फाल्गुन २६ , मंगलबार

वार्षिकोत्सवका अवसरमा सानिमा बैंकले ल्यायो १८ वटा सुविधासहितको जेनेरेसन सानिमा सेभिङ खाता

सुनाखरी न्युज/ काठमाडौं । सानिमा बैंकले १८ औँ वार्षिकोत्सवका अवसरमा १८ वटा सुविधासहितको जेनेरेसन सानिमा सेभिङ खाता सञ्चालनमा ल्याएको छ।

 

उक्त खाता १८ वर्षभन्दा माथिका युवावर्गलाई लक्षित गरी ल्याइएको बचत खाता हो। शून्य मौजदातमा खोल्न सकिने उक्त खातामा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेबिट कार्ड, ई–कम कार्ड (पहिलो टपअप निःशुल्क), डिम्याट खाता र मेरो सेयर निःशुल्क जारी गरिनेछ।

 

यसका साथै बैंकले निःशुल्क भेरिफाइड बाई भिसा दर्ता, निःशुल्क सी–आस्बा आवेदन, देशभरिका भिसा नेटवर्क एटीएममा मासिक ३ निःशुल्क रकम झिक्न सकिने र निःशुल्क ई–स्टेटमेन्ट सेवाको व्यवस्था पनि गरेको छ। यसका साथै विदेशी सटहीमा ०.१० पैसाको प्रिमियम/छुट, शैक्षिक कर्जा र अन्य कर्जाहरुको सेवा शुल्कमा ०.२५% छुट, डलर ट्राभल कार्ड जारी गर्दा १८% छुट, स्विफ्ट र डिमान्ड ड्राफ्टको शुल्कमा १८% छुट र अमेरिकी डलर भिसा कार्डबाट अनलाइन भुक्तानी गर्दा १८% छुट दिने व्यवस्था ल्याएको छ।

 

यस खाताले युवावर्गबीच बचत गर्ने बानी र डिजिटल बैंकिङको प्रयोगलाई बढावा दिने बैंकको विश्वास रहेको छ। सानिमा बैंकको देशका सातै प्रदेशमा १३० कार्यालय र १२३ वटा एटीएम सञ्जाल सञ्चालनमा छन्।