२०८१ बैशाख १४ , शुक्रवार

सेगवेले उपत्यकामा १० वटा ईभी–चार्जिङस्टेशन जडान गर्ने

सुनाखरी न्युज/ काठमाडौं । सेगवे–नाइनबटले आफ्नो विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवद्र्धन गर्न उपत्यकाभर १० वटा ईभी–चार्जिङ स्टेशनहरू जडान गर्ने योजना घोषणा गरेको छ।

 

यी चार्जिङ स्टेशनहरूमा छिटो चार्ज हुने फास्ट–चार्जरहरू उपलब्ध हुनेछन् र न्यूनतम समयमा धेरै राइडरहरूले चार्जिङ सेवा प्राप्त गर्नेछन्। सेगवेको यो शुरुवातले ग्राहकहरुको यात्रालाई थपचिन्तामुक्त र सुविधाजनक बनाउनेछ। सेगवे ई–स्कुटरका चालकहरुले कम चार्जको बारेमाचिन्ता र डर बिनालामो दुरीको यात्रामज्जाले गर्न सक्नेछ । यो सुविधा फाइदा मुलकहुनुका साथैप्रभावकारी हुनेछ किनकीयसले प्रत्येक चार्जिङको समयमा खपत भएको यूनिट ट्रयाक गर्दछरचार्जरहरू फीट गर्नपनिसजिलो हुनेछ ।सेगवे ब्राण्डको सवारी साधनको आधिकारिक वितरक आईहवप्रा.लि.ले भक्तपुर, ललितपुर र काठमाडौँका सहज र पहुँचयोग्य स्थानमाचार्जिङ स्टेशनजडान गरिने बताएको छ ।

 

विद्युतीय सवारी साधनहरू भविष्यहुन्,त्यसैले सेगवे–नाइनबटले विश्वव्यापी रूपमा प्रख्यात दुई पाङ्ग्रे सेल्फ–ब्यालेन्सिङ्ग निजी सावारी साधनहरू हालैे बजारमा ल्याएको छ। नेपालमा सेगवे ईभीस्कुटरको क्रेज बढ्दै छन, यसले ग्राहकहरुको प्रशंसा बटुल्नुका साथै यिनीहरुको फीचर र सजिलो ह्यान्डलिङमा अत्यधिक सकारात्मक प्रतिक्रियापाएको छ । यसरी ईभी सवारी साधनहरूको प्रयोगकर्ता बढ्दै गएपछि कम्पनीहरूले देशभरका पहुँचयोग्य स्थानहरूमा चार्जिङ स्टेशनहरू जडान थाल्ने भएको छ। चार्जिङ स्टेशनको स्थापनासँगै ग्राहकहरुको सेगवे प्रतिविश्वास बढ्नेमा कम्पनी विश्वस्त रहेको छ ।

 

नेपालमाविद्युतीय सवारी साधनको प्रवद्र्धन र बिक्रीगर्ने धेरै कम्पनी छन् । आई हवप्रा. लिमिटेड नेपालमाविद्युतीय सवारी साधनको एक प्रतिष्ठित वितरक कम्पनीहो । बढ्दो क्रेजले कम्पनीलाई काठमाडौंमाचार्जिङ स्टेशनहरू बढाउन प्रेरित गरेको छ र उनीहरू त्यसतर्फ लागेका छन् । सेगवेले आफ्ना सम्पूर्ण उत्पादनहरूसँग आशाजनक गुणस्तर कायम राखेको छ र विभिन्न स्थानहरूमाचार्जिङ स्टेसनहरू स्थापना गरेसँगै ग्राहकहरूले कम्पनीबाट मूल्यअभिवृद्धि सेवाहरू प्राप्तगर्नेछन् । सेगवे विद्युतीय सवारी साधनमा ट्रेन्डसेटर हो । उपत्यकामाचार्जिङ स्टेसनहरू सञ्चालनमाआएसँगै विद्युतीय सवारीसाधनको बजारमा गतिशीलता क्रान्ति र नवीन समाधानहरू प्राप्तहुनेछन् ।

सेगवे नाइनबटको बारेमा :
छोटो दुरीकालागिउपयोगी सवारीसाधन बनाउने विश्वप्रसिद्ध सेगवे नाइनबट कम्पनी सन् १९९९ मा संयुक्तराज्य अमेरिकाको बेडफोर्ड एनएचमा स्थापनाभएको थियो । यो व्यावसायिक ग्रेड, इलेक्ट्रिक स्तरका र सेल्फ–ब्यालेन्सिङ निजी सवारीसाधनबनाउनमाविश्वकै उत्कृष्ट कम्पनीहो । नाइनबट बेइजिङमा २०१२ मा स्थापनाभएको रिसर्च एण्ड डेभलपमेन्ट, उत्पादन, विक्री र सेवालाई एकीकृत गर्ने एक अत्याधुनिक छोटो दूरीको यातायात उपकरण अपरेटर हो ।

 

२०१५मा सेगवे र नाइनबटले रणनीतिक संयोजन पूरा गरेपछि सेगवे–नाइनबट अस्तित्वमाआएको थियो । हालविश्वको ८० राष्ट्र तथाक्षेत्रहरुमा रहेको कम्पनीको व्यवसायको सहायककम्पनीहरु बेइजिङ, सियाटल, बेडफोर्ड, लस एन्जलस, एम्स्टर्डम, सियोल, सिंगापुर, म्युनिख, चाङ्झाउ र टियानजिनमा रहेका छन् । विश्व–प्रसिद्ध बौद्धिक सम्पत्तिको साथ सेगवे–नाइनबटले प्रयोगकर्ताहरु र सम्पूर्ण उद्योगलाई भविष्यमा नेतृत्वगर्ने थपउत्पादनहरु सिर्जना गर्नेछ । सेगवे–नाइनबटको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक आइहव प्रा. लि. हो ।