२०८१ बैशाख २२ , शनिवार

कमिलाले पनि खुवाउँछन् बच्चालाई ‘दूध’

सुनाखरी न्युज/ काठमाडौं । बच्चा चाहे मानिसका हुन् वा जनावरका, स्वस्थ रहन र बढ्नका लागि दूध निकै आवश्यक मानिन्छ । सुन्दा अचम्म लाग्ला तर कमिलाका बच्चा पनि दूध खाएरै हुर्किन्छन् ।

 

कमिलालाई निकै मनपर्ने पेय पदार्थ पनि हो । खासमा यो पोषक तत्वले भरिएको एक प्रकारको ‘दुध’ हो जुन युवा कमिलाबाट निस्कन्छ । नयाँ बच्चादेखि वयस्कसम्म पूरा कोलोनीले यो दूध पिउँछ । कमिलाको प्युपा आफ्नो विकाशको एक विशेष चरणका बेला अत्यधिक मात्रामा यो तरल पदार्थको श्राव गर्छन् । यो तरल पदार्थको एउटा ककटेल हो जसमा प्युपाको पुरानो झिल्लीको सानो टुक्राका साथै यसलाई तोड्ने एन्जाइम पनि समावेश हुन्छ । कमिलालाई यो निकै स्वादिष्ट लाग्छ ।

 

कमिला आफ्नो विकासको सबैभन्दा डोरमेन्ट चरणका बेला ‘दूध’ को उत्पादन गर्ने गर्छ । यो त्यो चरण हो जब यिनीहरु लार्भाबाट वयस्कमा परिवर्तन भइरहेको हुन्छ । अनुसन्धानकर्ताका अनुसार जसरी कमिलाले यो तरल पदार्थको प्रयोग गर्छन्, यसले विकासको विभिन्न चरणबीच निर्भरता पैदा गर्छ । एजेन्सी