२०८१ बैशाख २२ , शनिवार

कुखुरा बासेर डिस्टर्ब गरेपछि प्रहरीमा उजुरी

 

सुनाखरी न्युज /काठमाडौं ।

छिमेकी मुलुक भारतमा कुखुराकै कारण प्रहरीमा उजुरी नै परेको छ । मध्यप्रदेशमा एक जना व्यक्तिले छिमेकीको कुखुरा जोडदार रुपमा बास्दा होहल्ला भएर आफूलाई दिक्क भएको भन्दै प्रहरीलाई गुहारेका छन् ।पेसाले चिकित्सक रहेका ती व्यक्ति छिमेकीको कुखुराको आवाजले निकै बेखुसी थिए । त्यसैले उनले छिमेकीको कुखुराको आवाज बन्द गराउन माग गर्दै प्रहरीमा निवेदन दिएका छन् ।

 

अनौठो निवेदन प्राप्त भएपछि प्रहरीले दुवै पक्षसँग छलफल गरेर समस्या सुल्झाउने बताएको छ । चिकित्सकको नाम आलोक मोदी हो । उनी पलासिया क्षेत्रको ग्रेटर कैलाश अस्पताल नजिकै बस्छन् । उनको निवेदन अनुसार छिमेकी एक महिलाले घरमा धेरै कुखुरा पालेकी छन ।

हरेक बिहान उनको घरका कुखुराहरु चर्को आवाजमा चिच्याउने र त्यो आवाजले आफूलाई धेरै नै बाधा पारेको उनको जिकिर छ । कामको व्यस्तताले रात अबेर घर आउने र बिहान निद्रामै रहेको बेला कुखुराको चर्को आवाजले समस्यामा पार्ने उनले बताएका छन । एजेन्सी