२०८१ बैशाख ७ , शुक्रवार

जन्मदिन मनाउने खर्च बालकालिकाको पढाईमा

सुनाखरी न्युज/ काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएको जयन्ती थापाले जन्मदिन मनाउने खर्च बालबालिकाको पढाईलाई उपलब्ध गराएकी छन् ।

 

थापाले छेडागाड नगरपालिका-१३ कार्कीगाउँ चैतेटाकुराका चार दलित परिवारका बालबालिकालाई विद्यालय पोशाक, कापी, कलम, किताब, झोला, जुत्तालगायतका सामाग्री सहयोग गरेकी छन् । थापाको जयन्तीको जन्म दिन विद्यालयका प्रधानाध्यापक गणेशकुमार बस्नेतले चार बालबालिकालाई थापाबाट प्राप्त सामग्री वितरण गरेका हुन् ।

 

चार वर्षदेखि आमा बुबा गुमाएका कार्कीगाउँ चैते टाकुराका प्रतिभा परियार, जय परियार, पुष्पा परियार र सन्तोष परियारको शैक्षिक विकासमा थापाले सहयोग गर्दै आएकी छन‍् ।