२०८१ बैशाख २२ , शनिवार

एक किलो आलु किन्न ८० हजार रुपैयाँ खर्चिनु पर्ने

सुनाखरी न्युज /

सर्वसुलभ पाइने आलुको पनि संसारमा यस्तो प्रजाति छ, जसको एक किलोको मूल्य मात्रै ८० हजार रुपैयाँ पर्छ । संसारकै महँगो यो आलुको नाम ले बोनोट्टे हो ।

 

यो आलु फ्रान्समा फलाइन्छ ।यो आलुलाई विशेषगरी सलाद तथा सुप बनाउन प्रयोग गरिन्छ भने विभिन्न खालका रोगमा घरेलु उपचारमा पनि प्रयोग हुन्छ । फ्रान्सको इले डी नोइरमाउटिएर टापुमा फलाइने यो आलुको खेती गर्न एक विशेष खालको बलौटे माटोको प्रयोग हुन्छ । साथै आलुबारीमा सामुद्रिक झारलाई मलको रुपमा प्रयोग गरिन्छ ।

 

यो आलुको खेती केवल ५० वर्गमिटरको जमिनमा हुने गरेको छ । यतिधेरै महँगो यो आलु बजारमा वर्षको केवल १० दिन मात्र किन्न पाइन्छ ।

एजेन्सीको सहयोगमा