२०८२ चैत्र ५ , बिहिवार

हाजिरीजवाफ प्रतियोगितामा विन्ध्यवासिनी प्रथम

शिशिर पौडेल / पोखरा। विन्ध्यवासिनी मा वि बाटुलेचौरले आयोजना गरेको अन्तर विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगितामा विन्ध्यवासिनी मा वि प्रथम भएको छ।

 

पोखरा महानगरपालिका वडा नं १६ र १९ भित्रका १२ वटा विद्यालयका आधारभुत तहमा अध्ययन गर्ने विद्यार्थी सहभागी प्रतियोगितामा भारती भवन मा वि पुरून्चौर दित्तीय, र भुमेश्वर आधारभुत विद्यालय तृतीय भएकाे कार्यक्रम संयोजक ग्रेड सह इन्चार्ज गोविन्द शर्मा पौडेलले जानकारी दिनुभयो। यस अघि प्रतियोगिताको उद्घाटन गर्दै पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले बालबालिकाको शैक्षिक विकासका लागि यस्ता कार्यक्रम निकै प्रभावकारी हुने बताउनुभयो।

 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा कुमारी अधिकारी थापाको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष थापाले विद्यार्थी को मानसिक तथा शारीरिक विकासका लागि यस्ता कार्यक्रम लाइ निरन्तरता दिइने बताउनुभयो। सो अवसरमा सहायक प्रधानाध्यापक रामबहादुर बानियाँ, कार्यक्रम संयोजक ग्रेड सह इन्चार्ज गोविन्द शर्मा पौडेल लगायतले बोलेका थिए। कार्यक्रमको सञ्चालन ग्रेड इन्चार्ज इन्दु भट्टराईले गर्नुभएको थियो।