२०८१ बैशाख १४ , शुक्रवार

साधारण सभा गर्दै नेपाल इन्भेष्टमेन्ट बैंक

सुनाखरी न्युज/ काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले पुस ७ गते ३६ औं वार्षिक साधारण सभा राख्नी भएको छ । सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित कुल ११ प्रतिशत लाभांश र मेगा बैंकसँगको मर्जर प्रस्तावलाई समेत स्वीकृति दिनेछ ।

यस वर्ष बैंकले ४ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । मेगा बैंकसँगको मर्जर प्रकृयामा रहेको बैंकले मर्जर सम्बन्धि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत सभाले गर्नेछ साधारण सभा प्रयोजनाका लागि बैंकले मंसिर २१ गतेदेखि साधारण सभाको दिनसम्म बुक क्लोज गर्ने भएको छ ।

बुक क्लोजको आधारमा मंसिर २० गतेसम्म कारोबार भई मंसिर २९ गतेभित्र बैंकको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेडमा प्राप्त नामसारीको लिखतको आधारमा कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।