२०८० चैत्र १५ , बिहिवार

पब्जी एन्ड फ्रिफायरको ‘अल्टिमेट ब्याटल’ मा अन्तर्राष्ट्रिय टिमसमेत सहभागी हुँदै

सुनाखरी न्युज/ काठमाडौं । इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक कम्पनी सुबिसुको प्रायोजनामा नेपालमै पहिलो पटक पब्जी र फ्रिफायर प्रतियोगिता एक साथ आयोजना भइरहेको छ। २२ सेप्टेम्बर देखि सुरु भएको अल्टिमेट ब्याटलःपब्जी एन्ड फ्रिफायर’आउँदो डिसेम्बर१० तारिख सम्म चल्नेछ।

 

पाँच हजार भन्दा बढी टिम सहभागी प्रतियोगिताको सेमिफाइनल लिग म्याचहरूमा अन्तर्राष्ट्रिय टिमले समेत भागलिने भएका छन्।सेमिफाइनल मा सन् २०१९ को फ्रि फायर विश्वविजेता टिमका साथै पाँच अन्य अन्तर्राष्ट्रिय टिमको सहभागिता रहने आयोजकले जनाएको छ।जसमाथाइल्याण्डको ‘किङअफदिगेमर्स’, भियतनामको ‘ह्याभी’, ब्राजिलको ‘कोरिन्थियन्स’, मोरक्कोबाट ‘वास्क’, मलेसियाबाट ‘एक्सिसइस्पोर्टस’ रइन्डोनेसिया बाट आरआरक्यू रहेका छन्। यस मध्ये ब्राजिलको ‘कोरिन्थियन्स’सन्२०१९ को फ्रि फायर विश्व विजेता टिम हो।त्यस्तै ‘किङअफदिगेमर्स’ सन्२०२१मा आयोजना भएको ‘फ्रि फायरप्रोलिग थाइल्याण्डसिजन५– मिडसिजनराउण्ड’ को बिजेताटिम हो।भियतनामको ‘हेभी’ टिमलेसन्२०२२मा ‘बीबुया १ भियतनाम प्रोस्क्रिमसिजन२’जितेको थियो।

 

इन्डोनेसियन टिम आर आरक्यू यसै वर्ष आयोजना भएको ‘डीजीएरिना च्याम्पियनशिप २०२२’ बिजेता टिम हो। भने, मोरक्कोको ‘वाक्स’ र मलेसियाको ‘एक्सिसइस्पोर्टस’ टिम सँग फ्रि फायर प्रोफेसनल लिग खेलेको अनुभव रहेको छ।यी टिमले आफ्नै देश बाट अनलाइन बाटै फाइनलका लागि प्रतिस्पर्धा गर्ने छन्। यसरी नेपालमा आयोजना भइरहेको प्रतियोगितामा अन्तर्राष्ट्रिय विश्व विजेताटिम को सहभागिता ले प्रतिगोगिता लाई थप प्रतिस्पर्धी र उपलब्धि मूलक बनाउन मद्दत पुग्ने आयोजकको विश्वास छ। आयोजकका अनुसार यो प्रतियोगिताको फाइनलखेल डिसेम्बर १० तारिखमा होटल डेला अन्नपूर्णमा हुनेछ।

 

उक्त फाइनल प्रतियोगितामा सुबिसुले ल्याएको ‘गेम र प्याकेज’ इन्टरनेट प्रयोग हुनेछ ।यस अघि सुबिसुले नेपालमा बढ्दो अनलाइन गेम को प्रयोगलाई सम्बोधन गर्ने गरी गेम र प्याकेज सार्वजनिक गरेको थियो। जस अन्तर्गत कम्पनीले १५० एमबीपीएस, २०० एमबीपीएसगतिको  इन्टरनेट प्लसक्लियर टिभी र ३०० एमबीपीएस गतिको इन्टरनेटगरी कूल तीन ओटा प्याकेज रहेका छन्। जसमा १५० एमबीपीएसगतिको इन्टरनेट वार्षिक १४,९९९ रुपैयाँमा जडान गर्न सकिनेछ। त्यस्तै इन्टरनेट तथा क्लियर टिभी सहितको २०० एमबीपीएस गतिको कम्बो प्याकेज वार्षिक१८,९९९ रुपैयाँमा जडान गर्न सकिने जनाइएको छ। त्यस्तै३००एमबीपीएस गतिको इन्टरनेट प्याकेज१८,९९९ रुपैयाँमा जडान गर्न सकिनेछ।

 

यी सबै वार्षिक प्याकेज अन्तर्गत ग्राहकलेडु अलब्याण्ड ओएनयू राउटर, ड्रपवायरका साथै जडान शुल्क समेत निःशुल्क पाउनेछन्।कम्पनीले ल्याएका यी प्याकेज फाइनल खेलमा खेलाडीले प्रयोग गर्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो प्रतियोगिताको लाइभ नोभेम्बर २७ तारिख देखि हरेक दिन साँझ ६ बजे जेम्युजिक एचडी च्यानल र जेम्युजिक युट्युब च्यानल मार्फत हुनेछ।