२०८० चैत्र १६ , शुक्रवार

सुनिल वहादुर थापाले दिए मतदाताहरुलाई धन्यवाद

सुनाखरी न्युज/ काठमाडौं । पूर्व मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय कार्य सम्पादन समितिका सदस्य तथा प्रतिनिधि सभा धनकुटाका उमेद्धार सुनिल वहादुर थापाले मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

 

प्रतिनिधि र प्रदेश सभाको हालै सम्पन्न निर्वाचनमा धनकुटा जिल्लाबाट पूर्व मन्त्री थापाले प्रतिनिधि सभामा र प्रदेश सभाहरुमा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवारहरुलाई मतदान गर्नुहुने धनकुटावासी मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्दै आभार व्यक्त गर्नु भएको हो ।

 

उहाँले विज्ञप्ती प्रकाशित गरी धनकुटा जिल्लाका सवै मतदाताले आफ्नो पार्टीले उठाएको धेरै परिवर्तन कार्य,विकास निर्माण कार्य,आत्मनिर्भर धनकुटा र सम्मानित नागरिक बनाउने महान लक्ष र दैनिक सरोकार,सुख दुस्खमा सहकार्य गर्ने उदेश्य,आतंक मुक्त धनकुटा र आर्थिक रुपान्तरणको अभियानलाई समर्थन गरि लोकतान्त्रिक गठबन्धनका लागि प्रतिनिधि सभा आफुलाई रुख चिन्हमा,प्रदेश सभा विर्नाचन क्षेत्र नं १ क का उम्मेदवार अर्जुन राईलाई कलम चिन्हमा र प्रदेश सभा निर्वाचन क्षेत्र नं २ ख का उम्मेदवार कुसुम कुमारी श्रेष्ठलाई गोलाकार भित्रको हसिया हतौडामा मतादान गर्नु भएकोमा धन्यवाद भन्नु भएको छ ।