२०८१ बैशाख १९ , बुधवार

रवि लामिछाने नेतृत्वको पार्टीले समानुपातिकमा कटायो ११ लाख मत

सुनाखरी न्युज/ काठमाडौं। राष्ट्रिय स्वतन्त्र रवि लामिछाने नेतृत्वको पार्टीले प्रतिनिधिसभाको समानुपातिक तर्फ ११ लाख मत कटाएको छ।

 

निर्वाचन आयोगले जारी गरेको समानुपातिक तर्फको पछिल्लो मतपरिणाम अनुसार १ करोड १ लाख ३९ हजार सदर मत गणना गर्दा चौथो स्थानमा रहेको स्वतन्त्र पार्टीले ११ लाख ४ हजार मत प्राप्त गरेको हो ।

 

पहिलो स्थानमा रहेको नेकपा एमालेले २७ लाख २० हजार, नेपाली कांग्रेसले २५ लाख ८५ हजार, नेकपा माओवादी केन्द्रले ११ लाख ५३ हजार, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७९ हजार, जनता समाजवादी पार्टी (जसपा) ले ४ लाख ८ हजार र जनमत पार्टीले ३ लाख ७६ हजार मत प्राप्त गरेका छन्। नेकपा एकीकृत समाजवादीले २ लाख ९० हजार मत प्राप्त गरेको छ ।