२०८१ बैशाख १४ , शुक्रवार

२८ वर्षीय चालकको मोटरसाइकल दुर्घटना मृत्यु

सुनाखरी न्युज/ काठमाडौं।  मकवानपुरको वकैयामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक वकैया–५ श्रीपुर बस्ने २८ वर्षीय श्याम लामा रहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गएराति धरान–चतरा सडक खण्डअन्तर्गत हात्ती सुडेबाट श्रीपुरतर्फ आउँदै गरेको प्रदेश २–०३–०१८ प २५५७ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भएर सडकको नालीमा खसेको थियो ।

दुर्घटनामा  घाइते लामालाई उपचारका लागि हेटौँडास्थित चुरेहिल अस्पतालमा ल्याएको र उपचारका क्रममा  मृत्यु भएको बताइएको छ ।