२०८१ बैशाख १३ , बिहिवार

नेप्सेमा सामान्य गिरावट

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चाथौ दिन बुधबार सामान्य अंकले घटेको छ । आज तीव्र उतारचढावबीच आज नेप्से ३.५१ अंकले घटेर एक हजार ९ सय ४९ दशमलब ८५ विन्दुमा बन्द भएको हो ।

मंगलबार नेप्से २.९९ अंकले बढेर एक हजार ९ सय ५३ दशमलब ३५ विन्दुमा बन्द भएको थियो । त्यस्तै, आज शेयरबजार घटेसँगै कारोबार रकममा पनि गिरावट आएको । आज नेप्सेमा ८४ करोड २६ लाख रुपैयाँ बराबरको करोबार भएको छ । मंगलबार नेप्सेमा ९५ करोड ७० लाख रुपैयाँ बराबरको करोबार भएको थियो । कारोबारमा आएका कम्पनीहरुमध्ये ६४ वटा कम्पनीको शेयरमुल्य बढेको छ भने १२४ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

 

ग्रीन लाइफ हाइड्रो पावर कम्पनीको शेयरमूल्य ४.१७ प्रतिशतले बढेर प्रतिकित्ता २५ रुपैयाँ पुगेको छ । त्यस्तै, खप्तड लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ४ प्रतिशतले बढेर प्रतिकित्ता ३६९ रुपैयाँ पुगेको छ । नेप्सेका अनुसार लक्ष्मी इक्विटी फण्डको शेयरमूल्यमा सामान्य गिरावट भएको छ । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यसको आज ४ करोड ७९ लाख भन्दा बढीको कारोबार भएको छ ।