२०८१ बैशाख १३ , बिहिवार

विश्वकप फुटबलमा आज ४ खेल, अर्जेन्टिनालाई दबाब

सुनाखरी न्युज/ काठमाडौं । कतारमा जारी २२ औं संस्करको विश्वकप फुटबलअन्तर्गत बुधबार ४ खेल हुँदैछन्। समूह चरणको अन्तिम प्रतिस्पर्धाअन्तर्गत ४ खेल हुने भएका हुन्।

पहिलो खेल समूह ‘डी’ का ट्युनिसिया भर्सेस फ्रान्स र अस्ट्रेलिया भर्सेस डेनमार्कबीच हुँदैछ। यो खेल राति ८:४५ बजे हुनेछ। यो समूहबाट सुरुका दुई खेल खेल्दै फ्रान्स नकआउट चरणमा पुगिसेको छ। बाँकी तीन वटै टोलीको अर्को चरण पुग्ने सम्भावना भने कायमै छ। अस्ट्रेलिया ३, डेनमार्क र ट्युनिसियाको समान १–१ अंक छ।

आजको अर्को खेलमा समूह ‘सी’ का पोल्याण्ड भर्सेस अर्जेन्टिना र साउदी अरेबिया भर्सेस मेक्सिकोबीच हुँदैछ। यो खेल राति १२:४५ बजे हुनेछ। समूह ‘सी’ को अर्जेन्टिनालाई समूह चरणमा पुग्न चर्को दबाब छ। पहिलो खेल साउदी अरेबियासँग हारेपछि अर्जेन्टिना चर्को दबाबमा आएको थियो। दोस्रो खेलमा भने मेक्सिकोलाई २–० गोलले हराएपछि अर्को चरणको आशा अर्जेन्टिनाले बाँकी नै राखेको छ।

यो समूहबाट ४ अंकसहित पोल्याण्ड शीर्ष स्थानमा छ। अर्जेन्टिना र साउदीको समान ३–३ अंक छ। मेक्सिकोको भने १ अंक छ। यी चारै टोलीको अर्को चरण प्रवेशको सम्भावना कायमै छ। अर्को चरणमा प्रवेश गर्नका लागि आफ्नो अन्तिम खेलमा पोल्याण्डलाई हराउँनै पर्ने अवस्थामा अर्जेनिन्टना छ। पोल्याण्डविरुद्ध जित ननिकालेको अवस्थामा भने साउदी र मेस्किकोको नतिजामा भर पर्नुपर्ने अवस्थामा अर्जेन्टिना छ।