२०८१ बैशाख ७ , शुक्रवार

बढ्यो सुनचाँदीको भाउ

सुनाखरी न्युज/काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो।

यो सँगै प्रतितोला फाइन गोल्ड ९७ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार १०० रुपैयाँ कायम भएको छ। हिजो मंगलबार सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९७ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

 

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार २९० रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार २८५ रुपैयाँमा किनबेच भएको थियो।