२०८१ बैशाख १४ , शुक्रवार

लक्ष्मी क्यापिटल र सनफार्म र बिच लगानी सम्बन्धी सम्झौता

सुनाखरी न्युज/ काठमाडौं । निजी इक्विटी र भेन्चर क्यापिटलका लागि इजाजत प्राप्त संस्था लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सौर्य उर्जा सेवाप्रदायक कम्पनि सनफार्म र बिच लगानी सम्भाव्यता सम्बन्धी एक समारोह बीच सम्झौता सम्पन्न भएको छ ।

 

यहिमंसिर ११, गते सम्पन्नसो सम्बन्धी समझदारी पत्रमा लक्ष्मी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटा र सनफार्मरका तर्फ बाट प्रमुख संचालनअधिकृत हरि श्रेष्ठले हस्ताक्षर गर्नुभएको हो । लक्ष्मी क्यापिटलका प्रमुखकार्यकारी अधिकृत राजिव सापकोटाले आफ्नो धारण राख्दै मर्चेन्ट बैकिङ तथा परामर्श सेवामा बिगतको सफल अनुभव रहेकोले नवीकरणीय र स्वच्छ ऊर्जामा योगदान पु¥याइरहेको सनफार्मर सँग सहकार्र्य गर्दै लगानीगर्न पाउँदा गर्व महसुस भएको बताउनु हुदै अन्य परियोजनाहरूको लागि समेत कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नु भयो ।

 

संयुक्त राज्य अमेरिकामा संचालित कम्पनी सनफार्मरले सन २०१४ देखि नेपालमा ४ सय भन्दा बढि सोलार इनर्जी प्रोजेक्ट सम्पन्न गरीसकेको छ । यस कम्पनीले सौर्य उर्जा संगै स्वास्थ, शिक्षा र कृषिको समेत प्रवर्धन गर्ने उद्देश्यका साथ हालसम्म ७,८४२,७८२ यूनिट स्वच्छ विद्युत उत्पादन गरी सकेको छ ।