सुनाखरी न्युज/ पोखरा । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा रहेको बहुउद्देश्य भवन व्यबस्थापन तथा उक्त हलमा रहेको व्याडमिन्टन कोर्ट स्तरोन्नतिको लागि माछापुछ्रे बैंक नयांबजार शाखाले रु. १ लाख सहयोग गरेको छ ।
जनताको सेवामा अनवरत खटिरहने प्रहरी कर्मचारीलाई आफ्नो शाखाबाट गरीएको सानो सहयोगले अन्य सहयोगी दाताहरुको पनि ध्यानाकर्षण गरोस भन्ने हेतुका साथ सहयोग गरीएको बैंकका म्यानेजर माधव थापाले बताउनु भएको थियो ।
म्यानेजर थापाले हल स्तरोन्नतीको लागी सहयोग गरीएको रु. १ लाख बराबरको चेक गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरिक्षक शारदा प्रसाद चौधरीलाई हस्तान्तरण गर्नु भएको थियो ।