२०८२ चैत्र ५ , बिहिवार

प्रतिनिधि सभाको ११० वटा समानुपातिक सिट कसरी राष्ट्रिय राजनीतिक दलहरू लाई बाँडफाँड हुन्छ ?

किरण गिरी । प्रतिनिधिसभाको समानुपातिकतर्फ थ्रेसहोल्ड कटाउने दलहरूले प्राप्त गरेको मतका आधारमा ११० सिट बाँडफाँट हुनेछ।

अहिलेसम्म झन्डै – ९१ लाख मत गनिसकिएको देखिन्छ । मतपरिणामको जारी ट्रेन्ड कायम रहे एमालेले – ३५, कांग्रेसले – ३४,राष्ट्रिय स्वतन्त्र पार्टीले -१७, माओवादी केन्द्रले – १६, राप्रपाले – ९ र जसपाले – ४ सिट प्राप्त गर्न सक्ने देखिन्छ।
मंसिर -४ गते आमनिर्वाचनमा देशभर भएको मतदानको अबस्था र समानुपातिक सिट बाँडफाँड को सुत्र :-
१)कुल मत १,७९,८८,५७०
२)६०% खसेको मत १,०७,९३,१४२
३)सदर मत (खसेको मतको ९०%) ९७,१३,८२७
४)सदर मतको १२% थ्रेसहोल्ड पूरा नगर्ने मत ११,६५,६६०
५)३% को थ्रेसहोल्ड २,९१,४१५ मत
६)थ्रेसहोल्ड कटाउना साथ पाउने समानुपातिक सीट (२,९१,४१५/८५,४८,१६८*११०=३.७५) अर्थात् ४ सीट
७)थ्रेसहोल्ड कटाय पछि प्रति एक समानुपातिक सीटका लागि चाहिने बाड्नयोग्य सदर मत (८५,४८,१६८/११०) ७७,९८३
यदि कुनै दलले निम्न अनुसारको मत पाए पाउन सक्ने मोटामोटी सिट :
१) यदि १० लाख मत आए
पाउने मत : १०,००,०००/७७,९८३ = १३ सिट
२) यदि १५ लाख मत आए
पाउने मत : १५,००,०००/७७,९८३ = १९ सिट
३) यदि २० लाख मत आए
पाउने मत : २०,००,०००/७७,९८३ = २६ सिट
४) यदि २५ लाख मत आए
पाउने मत : २५,००,०००/७७,९८३ = ३२ सिट
५) यदि ३० लाख मत आए
पाउने मत : २५,००,०००/७७,९८३ = ३८ सिट
प्रत्यक्षतर्फबाहेक सत्तारूढ गठबन्धनलाई बहुमतका लागि ४४ सिट पुग्दैन । हालसम्म प्राप्त समानुपातिक मतअनुसार कांग्रेस र माओवादीले समानुपातिकमा ४६ सिटआसपास जित्ने देखिन्छ । कांग्रेसले समानुपातिकमा कम्तीमा ३२ र माओवादीले कम्तीमा १४ सिट जित्ने देखिन्छ । एकीकृत समाजवादीले थ्रेसहोल्ड कटाउने–नकटाउने निश्चित छैन ।
थप:
माथी देखाइए जस्तै थ्रेसहोल्ड कटाउना साथ ४ वटा समानुपातिक सिटको हाराहारीमा उक्त दलले पाउने देखिन्छ।
२०७४ को निर्वाचनमा ६८.६७% मत खसेको थियो र प्रत्यक्ष तथा समानुपातिक तर्फको सदर मत क्रमश: खसेको मतको ९४.८२% र ९०.१% थियो। कुल मतदाता: १,५४,२७,९३८
२०७४ को निर्वाचनमा ४४ वटा दलहरुले ३% को थ्रेसहोल्ड नकटायकोले कुल सदर समानुपातिक मतको १०.४४% (अर्थात् ९,९६,७२० मत) खेर गयको थियो। जम्मा ६ वटा दलहरुले थ्रेसहोल्ड कटाएका थिए।
लेखक – नेपाली कांग्रेसका निबर्तमान केन्द्रीय सदस्य एबं प्रतिनिधि सभा समानुपातिक उम्मेदवार हुन ।