२०८० चैत्र १६ , शुक्रवार

सुनचाँदीको भाउ स्थिर

सुनाखरी न्युज/ काठमाडौं । साताको पहिलो दिन आइतबार सुन र चाँदीको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदीको भाउ स्थिर रहेको छ।

आज प्रतितोला फाइन गोल्ड ९७ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार ३०० रुपैयाँ कायम भएको छ। गत शुक्रबार पनि प्रतितोला फाइन गोल्ड ९७ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार ३०० रुपैयाँमै कारोबार भएको थियो। शुक्रबार सुनको भाउ स्थिर नै रहेको थियो।

 

आज चाँदी प्रतितोला १ हजार २९५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार २९५ रुपैयाँमै कारोबार भएको थियो।