२०८१ जेठ ५ , शनिवार

नेपाललाइफद्वारा ५.०३ अर्वको मृत्यु दावी भुक्तानी

सुनाखरी न्युज/ काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो नेपाललाइफ इन्स्योरेन्स कम्पनीले २०७९ असोज मसान्त सम्ममा ५.०३ अर्व मृत्यु दावी भुक्तानी गरेको छ । यो नेपालको बीमा क्षेत्रमा गरिएको सर्वाधिक मृत्यु दावी भुक्तानी हो ।

नेपाललाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावी भुक्तानी गर्नको लागिआफ्नो आन्तरिक प्रणालीहरुलाई सुदृढतथाप्रविधिमैत्रिबनाएको छ। यसै क्रममा यस इन्स्योरेन्सले आधुनिक प्रविधिको उच्चत्तम प्रयोग गर्दै न्युनतम समयमा मृत्यु दावी भुक्तानी गर्ने प्रबन्ध मिलाईएको कुरा यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताउनु भएको छ ।

प्रभावकारी तरिकाले छिटोछरितो चुस्त, दुरुस्त रुपमा मृत्यु दावीभुक्तानीगर्न कम्पनी कटिबद्ध रहेको कुरा कम्पनीले बताएको छ । गतआर्थिक वर्ष २०७८।७९ मा ९९.०७ प्रतिशत मृत्यु दावी भुक्तानी गर्दै नेपाललाइफ सर्वाधिक मृत्यु दावी भुक्तानी गर्ने जीवन बीमा कम्पनीबन्न सफलभएको छ । सम्पूर्ण कागजात प्राप्त भए लगत्तै भुक्तानी गर्ने प्रबन्ध गरेको कम्पनीले आगामीदिनमा समेत यसलाई निरन्तरतादिने कुरा सहर्ष जानकारी गराएको छ।

 

२०७९ असोज मसान्त सम्ममा यस कम्पनीको लगानी रु. १४९.७६अर्व रुपैयाँ रहेको छ भने जीवन बीमा कोष १४२ अर्व ९ करोड रुपैयाँ र शेयरधनीकोष ११ अर्र्व ३ करोडभन्दा बढी रहेको छ । कम्पनीमा २,१२,३६२ भन्दाबढी प्रशिक्षितअभिकर्ता रहेका छन् । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब १ सय ९७कार्यालय सञ्जालहरू मार्फत जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

यसका साथ साथै कम्पनीले हालसम्म रु १९७.१८अर्र्व रुपैया बीमा शुल्क आर्जन गरेको छ। नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफइन्स्योरेन्स कम्पनीले २१ वटाबीमा योजना अन्तर्गत ३१,१५,४२० बीमालेख जारी गरिएको छ । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यकथप सेवातथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।