२०८२ चैत्र ५ , बिहिवार

नुवाकोट १(२) : कांग्रेसका रमेशकुमार महत विजयी

सुनाखरी न्युज/ काठमाडौँ । प्रदेश सभातर्फ नुवाकोट क्षेत्र नम्बर १ (२) मा गठबन्धनकातर्फबाट नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापति रमेशकुमार महत निर्वाचित भएका छन्।

 

गठबनधनतर्फबाट कांग्रेसका महतले १ हजार ८ सय ९६ मतले एमालेका उम्मेदवार पूर्णलाल श्रेष्ठलाई पराजित गरेका छन् । गठबन्धनतर्फबाट कांग्रेस उम्मेदवार महतले १३ हजार ७ सय २७ मत ल्याएर एमालेका श्रेष्ठलाई पराजित गरेका हुन् । एमालेका श्रेष्ठले ११ हजार ८ सय ३१ मत ल्याएर कांग्रेसका महतसँग पराजित भए ।

२०७४ सालको निर्वाचनमा एमालेका बद्री मैनालीले ८ हजार २९२ मतले पराजित भएका कांग्रेसका महत अहिले पुन: सोही क्षेत्रबाट एमालेलाई १८९६ मतले हराउँदै निर्वाचित भएका हुन् ।